मुग्लानी खबर
दोहा-कतार 05 नोभेम्बर 2017
नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मी प्रसाद देबकोटाको १०८औ जन्म जयन्ती कार्यक्रम कतारमा भब्य रुपमा सम्पन्न भएको छ | गत शुक्रबारको दिन सनैया स्थित अल डल्ला ड्राइभिङ स्कुलको सभाहलमा समपन्न कार्यक्रममा प्रवासमा रहेर पनि नेपाली भाषाको उत्थान र जगेर्ना गर्ने साहित्यिक सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार, नबोदित साहित्यिक वाचनालय कतार, गैरआवासीय नेपाली संघ कतारको साहित्य बिभाग र मुग्लानी सौगात त्रैमासिक पत्रिका समेतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो|
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष श्यामराज रानाभाटको सभापतित्वमा र नेपाली राजदुतावासका द्वातिया सचिबको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेपालबाट आएका कवि उपेन्द्र सुब्बा,चलचित्र निर्देशक प्रकाश आङ्देङ्बे लगायत कतारमा रहेका बिभिन्न सामाजिक सस्थाका प्रतिनिधि,बुद्दिजिवी,सामाजिक ब्याक्तित्व लगायत अहिले सम्मका अनेसास नबोदित डबलीका बिशिस्ट श्रोता हरुको समेत बाक्लो उपस्तिथी रहेको थियो | कार्यक्रममा कवि उपेन्द्र सुब्बाले हस्यौली पारामा आफ्ना करिव डेढ दर्जन कविताको पोल्टो फुकाउदा हलमा रहेका साहित्यिक सर्जक हरुले ताली बाट मज्जाले साथ दिएका थिए।
उन्ले सायद,जड्याँहाको तर्क, समान अन्तर, मेरो आमाको नाम, ना ४ ख ४३८५, ख्यालिमा हारेको धुर्व, अध्यारोको गीत, किस्नेले बिहे गरेछ ढुंगाको मन लगायतका कविता हरु वाचन गरेका थिए । भने साहित्यकार सुब्बाले कतार आउँदा आफू नेपालमै भए जस्तै भान भएको बताउदै सन १९९८ तिर आफू पनि कतारमा श्रमिकको रुपमा आउन प्रयास गरेको तर त्यति बेला म २ पटक असफल भएँ उन्ले बताए । कार्यक्रममा सुब्बालाई अनेसास कतार तथा नवोदित साहित्यिक वाचनालयले मानर्थ सदस्यता प्रदान गरेका थिए।
समारोहमा अनेसास नबोदितको ७५औ डबली साथै चलचित्र निर्देशक प्रकाश आङ्देङ्बे द्वारा निर्देसित नेपाली चलचत्रि "देश खोज्दै जादाँ" समेत कार्यक्रममा समाबेश गरिएको थियो | त्येस्तै कार्यक्रममा गीतकार हरि बिनोद अधिकारि को गीति एल्बम (जन्तीको ) समेत बिमोचन गरिएको थियो भने स्वर्गीय लक्षिमीप्रसाद देवकोटाद्वारा रचित दुइ गित नेपाली कलाकेन्द्रका कलाकारहरु बाट बाध्यबादन सहित गित प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि हरि प्रसाद अर्यालले शुभकामना मन्तब्य राख्दै कबि उपेन्द्र शुब्बाको एकल वाचनको मुक्तकण्ठले प्रसँशा गरेका थिए र कविताहरुमा समाजको यथार्थता बोध गराउने किसिमका मात्रै थिएनन् वाचन गर्दा आफ्ना श्रीमती,आमा लगायत परिवारहरुलाई पात्रको रुपमा जोडेर कलात्मक ढंगमा प्रस्तुत गरेका वाचन शैलीले छुटै पनाको वाचन सुन्न पाएको बताउदै बाकि अब देशमा पनि सरकार र राजनीतिक नेताहरुमा याहा कतारमा रहेका वास्ताबिक नेपालीहरुको अबस्था बारे र देशमा भएको बिकृति र विसंगति बारे यसरि नै आफ्नो साहित्य लेखनबाट सचेत गराउन आग्रह गरेका थिए।
त्यस्तैगरी एन.आर.एन ए एन.सी.सी. का अध्यक्ष बाट बिशेष धन्यबाद ज्ञापन दिएका थिए । साथै यसअघि साहित्यकारहरु खगेन्द्र सङग्रौला, अभि सुबेदी, श्रवण मुकारुङ, गोबिन्दराज भट्टराई, बिमल निभा, राजन मुकारुङ र हेमन यात्रीलाई कतारमा निमन्त्रणा गरेर पनि लक्ष्मी जयन्ती कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा उपस्तित सम्पुर्ण लाई सन्ध्याग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बाले स्वागत मन्तब्य बाट स्वागत गरेका थिए भने कार्यक्रम संचालन नबोदित साहित्यिक वाचनलय कतारका अध्यक्ष लेख कार्कीले गरेका थिए।