ललितपुर - नेपाल तामाङ धेदुङ गोदावरी नगर कमिटिको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष तथा महान पर्व सोनाम ल्होछार (म्हे ल्हो) २८५७ को अवसरमा ललितपुर स्थित गोदावरी नौधारामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ।
"राष्ट्रिय जनगणना २०७८मा तामाङ जाति ,भाषा र बौद्ध धर्म लेखाऔ,कोभिड -19 को महामारीमा सोनाम ल्होछार -२८५७ घरघरमा भब्य रुपले मनाऔ" भन्ने मुल नारा सहित कार्यक्रम भएको थियो।
गोदावरी नगर कमिटीका अध्यक्ष साईलो तामाङको सभापतित्व,नेपाल तामाङ घेदुङ संघिय सल्लाहकार कबेल बहादुर तामाङको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङका केन्द्रिय सचिब राम कृष्ण ब्लोन तामाङ(इन्द्र), युवा घेदुङ केन्द्रिय अध्यक्ष बिलाम मोक्तान तामाङको बिशेष आतिथ्यतामा भएको थियो।
त्यसैगरी उपस्थित हुनेहरुमा अतिथिहरुमा मुग्लानी खबरका अध्यक्ष दिलमाया तामाङ, युवा घेदुङ केन्द्रिय सचिब यमन तामाङ,महिला घेदुङ केन्द्रिय सचिब सबिता घिसिङ,केन्द्रिय सदय बिजय तामाङ,तामाङ घेदुङ बागमति प्रदेश अध्यक्ष मान बहादुर लामा,सचिब हरिसचन्द्र लामा,बिमला गोले राजकुमार गोले लगाएत तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ सङ्घिय सल्लाहकार कबेल बहादुर तामाङले मन्तब्य राख्दै ४७ सालमा १००० तिरेर आजिवन सदस्य बनाएको अनुभव सुनाउदै अहिले पनि १००० एक हजार नै रहेको बताउदै ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुहुने आयोजक टिम लगाएत सम्पुर्ण तामाङ गैर तामाङ नेपालीहरुमा ल्होछारको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमका बिशेष अतिथि राम कृष्ण ब्लोन तामाङ( इन्द्र) ले मन्तब्य राख्दै सन्सार बदल्नु छ भने पहिला आफै बदलौ भन्दै नेता बन्न नेतृत्व गर्ने हुनुपर्ने बताए।त्यसैगरी आफ्नो पहिचान र अधिकार स्थापित गर्न आफै बाट सुरुआत गर्नुपर्दछ।पार्टीगत बिभेद हैन जातीय एकता हुनुपर्छ एकले अर्कोलाई सहयोग गर्नुपर्दछ उनले थपे।
कार्यक्रममा नेपाल तामाङ घेदुङको आजिवन सदस्यता बिशेष अतिथि राम कृष्ण ब्लोन तामाङ ( इन्द्र) र प्रमुख अतिथि कबेल बहादुर तामाङको हातबाट राजकुमार तामाङ,सागरमान तामाङ,ममता तामाङ,हिरामाया तामाङ,बुद्धमान,टंकमान,सुरज थोकर,रजनी गोले,सभिता घिसिङ लगाएत १५ जनालाई प्रदान गरिएको थियो।
महाङकाल गाउपालिका घेदुङ अध्यक्ष कर्मा लामाले आजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने आयोजक टिमलाई दिदै कार्यक्रम सफल र फलदायी बनोस भन्दै शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको अन्त्यमा नेपाल तामाङ घेदुङ गोदावरी नगर समितिको अध्यक्ष साइला तामाङले शुभकामना आदानप्रदान कार्यक्रम सभ्य र भब्य रुपमा भएको र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यवाद दिएका थिए साथै सोनाम ल्होछारको सबैमा शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।