रसुवा (रमेश तामाङ)- तामाङ समुदायको मौलिक पर्व २८५७औ सोनाम ल्होछार लाङ (ल्हो) को अवसरमा भएको जिल्ला स्तरिय भलिबल प्रतियोगितामा आरुखर्क जुरेढुङ्गा युवा समाज बिजयी भएको छ।
आरुखर्क जुरेढुंग पर्यटन प्रवर्द्धन युवा समाज रसुवाको आयोजनामा जिल्लाको नौकुण्ड गाउपालिका वडा न १ मा संचालित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम रसुवा जिल्लाका प्रतिनिधि सभा सदस्य माननीय मोहन आचार्यको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा उपस्थित विशेष अतिथिहरुमा वाग्मती प्रदेश सभा सदस्य माननीय प्रेम तामाङ, अतिथीहरु नौकुण्ड गाउँ पालिका प्रमुख नुर्वु साङबो घले, आमाछोदिङमो गाउँ पालिका प्रमुख वुचुङ तामाङ, उत्तरगय गाउँ पालिका प्रमुख उपेन्द्र लम्साल ,नेपाली काँग्रेस जिल्ला कार्यसमिति सह सचिव पासाङ तितुङ ,नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य उत्तम थापा, केन्द्रीय विभाग सदस्य दिल्ली प्रसाद पौडेल , नौकुण्ड गाउँ पालिका नेपाली काँग्रेस पार्टी सभापति डिल बहादुर मोक्तान , १ नम्बर वडा अध्यक्ष कान्छा तामाङ , २ नम्बर वडाका वडा अध्यक्ष लालसिङ नेक्कोर , ६ न. वडाका वडा अध्यक्ष धर्म बहादुर थोक्रा लगाएत बुद्धिजीवी,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु र स्थानियबासीको बाक्लो उपस्थिति रहेको थियो।
जिल्ला स्तरीय भबल प्रतियोगितामा तथा बृहत सास्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा अतिथी कलाकारहरु चर्चित म्हेन्दोमाया गायक सुमन घले, गायिका वर्षा थिङ लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको भलिवल प्रतियोगितामा जिल्ला भरिका १८ टीम सहभागी रहेका थिए भने आयोजक टीम आरुखर्क जुरेढुङग युवा समाजले प्रथम पुरुस्कार हात पार्न सफल भएको छ।बिजेता टिमलाई नगद पुरुस्कार १०१००१, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।