काठमाण्डौ- नागार्जुन नगरपालिका स्थित सीतापाईला- रामकोट,भिमढुङा मुल सडक अन्तर्गत तारापुञ्ज देखि ठूलो खोला सम्म ५/५ किलोमिटर सडक बिस्तार गरिने भएको छ।
आज २०७७ माघ २८ गते नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतको अध्यक्षता एव प्रदेश सभा सदस्य माननीय केशव प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा बैठक बसेको छ ।
कार्यक्रममा नगर उपप्रमुख सुशिला अधिकारी , प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर , सडक डिभिजन, विधुत प्राधिकरण , नेपाल टेलिकम कार्यलयका प्रमुख एव प्रतिनिधि लगायत सम्बन्धित वडाका अध्यक्षज्यूहरुको उपस्थिति रहेको थियो।
सितापाईला- रामकोट - भिमढुंगा मूल सडक अन्तर्गत तारापुञ्ज देखि ठुलोखोला ५।५ किलोमीटर सडक खण्डको स्वीकृत बजेट ३५,२०,००,००० (पैतिस करोड २० लाख)बाट सडक निर्माण गर्न DPR विस्तृत परियोजना तयार एव सम्पन्न गरी सडक निर्माण कार्य तत्काल प्रकृया प्रारम्भ गर्न सडक डिभिजन कार्यालयलाई अनुरोध गर्ने नगरपालिकाले बताएको छ।
उक्त सडक निर्माणका लागि सडक अधिकार क्षेत्र ११ मीटर कायम गरी आवश्यक सहजीकरण गर्ने कार्यमा नागार्जुन नगरपालिकाले प्रतिबद्ता जाहेर गरेको छ। साथै सितापाईला - रामकोट -भिमढुंगा मूल सडक अन्तर्गत तारापुञ्ज देखि ठुलोखोला ५।५ किलोमीटर सडक खण्ड कालोपत्रे गर्नको लागि सडकको केन्द्रबाट दायाँबायाँ रहेका विधुत तथा दुरसंचार पोलहरु हटाई उपयुक्त स्थानमा ब्बस्थापन गरी सडक निर्माण कार्यलाई सहजीकरण गरी दिन नेपाल विधुत प्राधिकरण र नेपाल टेलिकमलाई अनुरोध पनि गरिएको थियो।