नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र नम्बर १ प्रदेश( ख) द्वारा नेपाल गोल्डेन आइडल सिजन- ७ का बिजेता सुमन घिसिङ तामाङलाई बधाई तथा शुभकामना दिइएको छ।
नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र नम्बर १ प्रदेश( ख) प्रदेश क्षेत्रीय कार्यसमितिद्वारा बिजेता सुमन घिसिङ तामाङलाई टाहाखेल स्थित चापागाउको वेललकम पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरिएको थियो। नेपाल आदिवासी जनजाती संघ केन्द्रीय सदस्य, नेपाल आदिवासी नेपाल जनजाती महासंघ केन्द्रिय परिषद सदस्य,नेपाली काङ्ग्रेस क्षेत्रीय उपसभापति तथा नेपाली काङ्ग्रेस ललितपुर जिल्ला क्षेत्र १ प्रदेश (ख )सभापति नेपाल तामाङ संघ केन्द्रीय सदस्य,नेपाल वादो-काई कराते संघ केन्द्रिय सदस्य रामकृष्ण ब्लोन ( इन्द्र) को सभापतित्वमा भएको थियो।
प्रमुख अतिथि मदन बहादुर अमात्य अतिथि हरुमा मीन कृष्ण महर्जन ,बागमती गाउपालिकाका प्रमुख वीर बहादुर लोप्चन,राम कृष्ण हुमागाइ,ज्ञान बहादुर लो,सानू बाबू लामा,राम शरण घिमिरे ,जितेन्द्र महर्जन ,प्रभाकर पोखरेल,दिलमाया तामाङ, विक्रम चन्द विष्ट लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। आइडल सुमन घिसिङको स्वरमा सजिएको सुमधुर गित पश्चात् शुरुवात गरिएको कार्यक्रममा राम कृष्ण हुमागाइ, जिल्ला सदस्य रबिन शर्मा, पुर्व जिल्ला सचीव मीन कृष्ण महर्जन, खेलकुद बिभाग सदस्य शेखर न्यौपाने लगाएतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए।
कार्यक्रमका सभापती रामकृष्ण ब्लोन ( इन्द्र) बोल्दै आइडल सिजन -7 का प्रथम बिजेता ललितपुर क्षेत्र नम्बर १ सन्खु निवासी सुमन घिसिङ तामाङ लाई बधाई तथा संमान दिन पाउँदा अत्यन्तै हर्षित भएको बताउदै सुमन एक गरिब तथा साधारण परिवारमा जन्मिएर पनि नेपाली सांगितिक क्षेत्रमा यसरी फड्को मारेर सफलता प्राप्त गर्नु सम्पुर्ण ललितपुर बासी तथा सिङ्गो तामाङजातिको गर्बको बिषय रहेको बताए।
सुमन घिसिङ तामाङ स्वच्छ प्रतिस्पर्धा बाट बिजेता हुन सफल भएकोले आगामी दिनमा पनि आईडल सुमन घिसिङ तामाङको साङ्गितिक यात्राले सफलताको सिखर चुमोस भन्दै ब्यक्तिगत तथा नेपाली कांग्रेस पार्टी र सम्पुर्ण ललितपुरबासीको तर्फबाट शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रमको सहजिकरण मथुरा शर्माले गरेका थिए!