बागमती प्रदेश - काठमाण्डौ स्थित चुच्चेपाटी बौद्धमा नेपाल तामाङ घेदुङको सभाहलमा मञ्जु श्री सम्बत २८५७ सोनाम ल्होछारको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल तामाङ युवा घेदुङको अध्यक्ष श्री विलाम मोक्तान तामाङ ज्यूको सभापतित्व तथा नेपाल तामाङ घेदुङ संघिय समितिका कार्यबाहक अध्यक्ष श्री कुमार घिसिङको प्रमुख आतित्थ्यमा कार्यक्रम भएको हो। नेपाल तामाङ महिला घेदुङकी अध्यक्ष संगीता बम्जन तामाङद्वारा संचालित कार्यक्रममा अन्तर्राष्ट्रीय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष श्री टासी लामा तामाङ, अन्तर्राष्ट्रीय तामाङ परिषदका पुर्व सचिव तथा तामयिक लिपिका अभियान कर्ता प्रतीक ङ्यसुर तामाङ, नेपाल तामाङ घेदुङ संघिय समितिका सचिव तथा बिपद व्यवस्थापनका प्रमुख राम कृष्ण ब्लोन तामाङ,नेपाल तामाङ संस्कृति घेदुङका पुर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार श्री प्रेम लो तामाङ, वरिष्ठ सेलो गायक चन्द्र कुमार मोक्तान को उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा कलाकार स्वरका धनी टेक घिसिङ लगायत विभिन्न व्याक्तित्वहरु उपस्थित हुनु भएको थियो।नेपाली काङ्ग्रेस क्षेत्रीय उपसभापति तथा नेपाली काङ्ग्रेस ललितपुर जिल्ला क्षेत्र १ प्रदेश (ख) सभापति ,नेपाल तामाङ संघ केन्द्रीय सदस्य,नेपाल वादो-काई कराते संघ केन्द्रिय सदस्य राम कृष्ण ब्लोन (इन्द्र ) मुग्लानी खबरका अध्यक्ष दिलमाया तामाङ लगायत तामाङ दाजुभाइ तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल तामाङ संस्कृति घेदुङको अध्यक्ष श्री छेवाङ तेन्जीङ योन्जन तामाङले राख्नु भएको थियो भने नेपाल तामाङ ताम्बा घेदुङको अध्यक्ष श्री पासाङ मोक्तानले धन्यवाद दिनु भई ताम्बा घेदुङको टिमले तामाङहरुको मौलिक बाजा डम्फु र टुङ्गनाको मिठो धुन बजाई मार्मिक शब्दमा गित मार्फत साङसेरगेम गरि कार्यक्रमको शोभा बढाउनु भएको थियो।
उपस्थित प्रमुख अतिथि,बिशेष अतिथी लगाएत सम्पूर्ण अतिथि गणहरु र कार्यक्रममा सहभागि सम्पूर्णले एक अर्कामा खादा साटासाट गरी शुभकामना आदान प्रदान गरेका थिए साथै प्रमुख अतिथि आदरणीय ब्यक्तित्व कुमार घिसिङ ,वरिष्ठ सेलो गायक चन्द्र कुमार मोक्तान र सभापति विलाम मोक्तानले ध्यू र कोको म्हेन्दोको टिका लगाई दिनु भई मोलम (आशिर्वाद ) प्रदान गर्नु भएको थियो।
तामाङ समुदायहरुको साझा संगठन गौरवशाली संस्था नेपाल तामाङ घेदुङको भातृ संगठनहरुको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उपस्थित ब्यक्तित्वहरुले आफ्नो मन्तब्य राख्दै तामाङजातिको नयाँ वर्षको रुपमा मनाईने सोनाम ल्होछारको महत्व र बिशेषताका बारेमा स्पष्ट पारेका थिए भने कार्यक्रम पश्चात् चियापान समेत गरिएको थियो।