माघ २०/ केर्खा
जनता समाजवादी पार्टी निकट युवा संघ नेपाल प्रदेश नं १ द्वारा आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम सोमवार झापाको दमक स्थित कन्काई पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जसपा निकट युवा संघका प्रदेश १ का अध्यक्ष रोसन लिम्बुको सभापतित्वमा प्रमुख अतिथि जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतों उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको थियो ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेंद्र महतोंले सम्बोधन गर्दै अहिले कांग्रेस र कम्युनिस्टको विकल्पको रूप जनताले नयाँ वैल्कपिक शक्तिको रूपमा जनता समाजवादी पार्टीलाई जनताले रुचाएको बताएका छन् ।
महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कू गरेकाले पहिचानवादी शक्ति वैकल्पिक रुपमा सडकमा उत्रिनु पर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले राजनीति होेइन हास्य कलाकारको रुपमा विश्व प्रतियोगितामा नेपालको तर्फबाट भाग लिनुपर्ने बताएका छन् । वरिष्ठ नेता महतोले नेकपा र काङ्ग्रेसको राजनीतिक एजेण्डा सबै समाप्त भइसकेको भन्दै अब हिमाल ,पहाड तराइका जनताहरु एक भएर धर्म निरोपेक्षता ,संघीयता र गणतन्त्रलाई संस्थागत गर्न सबै लाग्नु पर्नेमा जोड दिएका छन् । महतोंले प्रदेश १ युवा संघद्वारा आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन दिनु भयो ।
जसपा प्रदेश १ अध्यक्ष फ़क्तालुङ योङहाङले सबै जना एक भएर पार्टीलाई बलियो बनाउन सकेमा पहिचानका मुर्दाहरु संघीयता सुशासन कायम गर्न सकिने बताएका छन् ।
उक्त कार्यक्रममा जनताहरुको उल्लासपूर्वक सहभागिता रहेको थियो । भने कार्यक्रममा ४ सय भन्दा बढी नेकपा ,नेपाली काङ्ग्रेस ,राप्रपा लगायतले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका थिए । भने कार्यक्रम संचालन युवा संघका वरिष्ठ उपाध्यक्ष तोया न्यौपानेले गरेका थिए ।