कार्यक्रम संसारका मजदुर एक हौ गणतन्त्र, राष्ट्रियता धर्मनिरपेक्षताको रक्षा गरौं । संघीयता र भ्रष्टाचार विरुद्ध संघर्ष गरौं" प्रधानमन्त्री ओलि सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरुद्धमा कतार नेपाली एकता समाजले अनलाईन जुम मार्फत बिरोध कार्यक्रम सम्पन्न गरेको छ । एकता समाजका महासचिव खिम बूढाको संचालन र अध्यक्ष बिष्णु थापा क्षेtre को अध्यक्षतामा गरेको बिरोध कार्यक्रममा राम प्रसाद पराजुली ले स्वागत मन्तव्य राख्दै उपस्थितित सम्मुर्णलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न बिभाग,एरिया इकाई बाट प्रतिनिधिहरुको सनैया डी एरिया समितिका अध्यक्ष टेकराज थापा ,दोहा एरिया गिरी काउछा , सलाता एरिया तेज बिर घर्ति, सनैया सि एरिया भुपेन्द्र चन्द,अल्खोर एरिया देपेश भन्डारि,रक्तिम बिभाग बल्देब राना लगाएतको सहभागी रहेको थियो भने बुद्धिजीवी बिभाग अध्यक्ष हरि शर्मा, केन्दीय कोषाध्यक्ष लक्ष्मण कोइराला, केन्दीय सदस्य कमल आचार्य,केन्दीय सदस्य हुमाकान्त आचार्य, खगेस्वर भुसाल लगाएतले मन्तब्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्टिय नेपाली एकता समाजका महासचिव तथा एकता समाजका सचिवालय सदस्य लुमाकान्त पुनले संघीयताले देशलाई झन पछी झन दुर्घटनातर्फ लैँजादै गरेको र ओलि सरकारले गरेको यो असंवैधानिक कदमको विरुद्धमा जनता सामु गएर सचेत गराउनु पर्ने र देश लाई दुर्घटना बाट बचाउनु पर्ने बताएका छ्न ।
यस आयोजित विरोध कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसिले सम्बोधन गर्दै केपी ओली सरकारको असंवैधानिक,अलोकतान्त्रिक कदमका विरुद्ध सम्पूर्ण देश तथा बिदेशमा रहेका हरेक नेपाली लाई आफ्नो ठाउ बाट यस किसिको अधिनायकबादी कार्यको बिरोधमा एक जुट भएर आन्दोलनमा लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो, कार्यक्रम मा बोल्दै केसिले हजारौ नेपाली जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको बिरुद्व बिदेशि हरुको हालिमुहाली गरी गणतन्त्रलाई धरापमा पारि राजतन्त्र बिउताउने कुचेष्टा नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएको थियो। अब पनि हामी चुप लागेर बस्ने हो भने राजाबादी र हिन्दू राष्ट्रको नाउमा देशलाई सिधाउने र रअका एजेन्डा हरुलाई भित्र्याउने,राष्ट्रियता माथी धावा बोल्ने कार्य बन्द नहुने बताउदै सम्पुर्ण नेपाली जनतालाई जुर्मुराइ उठनु पर्ने बताउनु भयो।
बिरोध कार्यक्रम मा अन्तर्राष्टिय नेपाली एकता समाजका अध्यक्ष आन्द शर्मा,अखिल नेपाल महिला संघकी कोषाध्यक्ष रितु केसी,कुवेत नेपाली एकता समाजका उपाध्यक्ष दिनेश शर्मा, खुम रायम, साउदी एकता समाजका अध्यक्ष राजकुमार धिताल,नेपाली एकता समाचार सम्बाद्वाता रिपोटर केरला राज्य भारतका धर्मराज शर्मा,लगाएतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रम समापन गर्दै अध्यक्ष थापाले वर्तमान सरकारका सबै गलत, जनविरोधी र भ्रष्ट नीति तथा क्रियाकलापहरुबाट जनतामा वर्तमान सरकारप्रति पैदा भएको असन्तोष र अविश्वासबाट बिभिन्न बहाना बाजीमा देशलाई सिध्याउने जुन चेष्टा गर्दै असंवैधानिक, अलोकतान्त्रिक कदम र भ्रष्टाचार विरुद्ध संघर्षको बारेमा स्पष्ट पार्दै गणतन्त्र र राष्ट्रियताको रक्षासँगै संघीयता खारेजीका लागि एकजुट हुन विश्वभरका नेपालीहरुलाई अनुरोध गर्नुभएको छ ।