सामुयल सुनुवार /
मिति ३० /०१/२०२१ शनिबार Nepali VeTeran FC मा आबद्ध खेलाडिहरुलाई व्यावसायिक दि गोर्खा नेपालि रेस्टुरेन्ट र कान्तिपुर मेडिकल सेन्टरले आ-आफ्नो व्यावसायिक कम्पनिको नाम सहितको जर्सिमा खेलाडि उतारेका थिए । खेल खेलौ, स्वस्थ्य बनौ भन्ने नाराका साथ कतारमा रोजगारिको सिलसिलामा रहेका नेपालिहरु शुक्रबार सघ सस्था लगायत विभिन्न कार्यक्रममा ब्यस्त रहने भएकाले फुर्सद र समय मिल्ने नेपालिहरु जम्का भेट भएर शनिबार फुटबल खेल्ने सोच बनाएका हुन । नेपालमा क्लब, जिल्ला स्तरिय खेलि सकेका खेलाडीहरु र दोहा कतारमा व्यावसायि तथा विभिन्न पेसमा रहेका खेलाडिहरुको उल्लेखनीय उपस्थिति रहेको छ ।
वेस्ट बे फेमेलि पार्क दोहा स्थित फुटबल मैदानमा भएको खेलमा दि गोर्खा नेपालि रेस्टुरेन्टले कान्तिपुर मेडिकल सेन्टर माथि ८-५ भारि गोल बर्षाएको थियो । खेल ३०-३० मिनेट र १० मिनेट ब्रेक खेलाईएको थियो । सुरुवाति खेल दुबै टिमबाट आक्रमण खेलिए ता पनि गोल गर्ने राम्रा अवसर दुबै टिमले गुमएका थिए ।
११औ मिनेटमा कान्तिपुरको तर्फबाट चन्द्र सुनुवारले पाएको सुन्दर अवसरलाई सदुपयोग गर्दै अग्रता दिलाए । तर अग्रता भने लामो समय सम्म टिकेन । १४औ मिनेटमा पुष्पा लामाले दिएको सुन्दर पासलाई नियम भुजेलले सेकेन्ड बार च्यापेर सुन्दर प्रहार गरेर गोल गरेका थिए । नेपालको बिभिन्न क्लबमा खेलेका अनुभवी गोल किपर सन्तोष गौतम उत्कृष्ट खेल्दा खेल्दै घाईते भएर मैदान छाडेका थिए । त्यस पछि दुबै टिमबाट गोल बर्सिने क्रम जारि रहयो । खेलको १९औ मिनेटमा प्रकाश गुरुङले सेन्टरबाट एकल प्रयासमा बल लगेर गोल गरेका थिए । २१औ मिनेटमा बिपक्षी टिमको डिबक्स भित्र हयाण्ड भए पछि पाएको पेनाल्टी नियम भुजेलले प्रहार गरेका थिए ।
पहिलो पटक खेल मैदानमा उत्रीएका गोर्खा रेस्टुरेन्टका ब्यबस्थापक खड्का फागो राईट विङ्साबाट विपक्षी रक्षकलाई निकै बाधक बनेका थिए । राईट विङ्सबाट खड्का फागोले क्रस भएको बललाई नियन्त्रणमा लिएर रोयलका ब्यबस्थापक पुष्पा लामाले २४औ मिनेटमा जालि चुमाएका थिए ।भने धिराज चाम्लिङले राईट साईडमा निकालि दिएको बललाई प्रकाश गुरुङ्ले नियन्त्रणमा लिदै २७औ मिनेटमा सिधै जालि चुमाएका थिए । विपक्षी रक्षकको गल्तिको फाईदा लिदै प्रकाश गुरुङले २९औ मिनेटमा गोल गर्दै हायट्रीक पुरा गरेका थिए । खेल मध्यान्तर सम्म ३-४ स्थिति रहेको थियो ।
मध्यान्तर पाछि गोल किपरमा आएका कान्तिपुरका ब्यबस्थापक बिशाल खतिवडाले गोर्खा रेस्टुरेन्टका ब्यबस्थापक खड्का फागोले सेकेन्ड बारमा गरेको कडा प्रहारलाई उत्कृष्ट डाईभ गरेर सुन्दर बचाउ गरेका थिए । बुडो बाघ भनेको बुडो बाघ नै हो । नियम भुजेलले राईट विङ्ग्समा निकालि दिएको बललाई खडका फागोले ३२औ मिनेटमा सुन्दर प्रहार गरेर चालि चुमाए । लगातै धिरज चाम्लिङले पाएको वान भर्सेस वान बल गोल गर्न चुकेका थिए ।
डिबि गुरुङले दिएको पासलाई अरबिन्द राईले सदुयोग गर्दै ३४औ मिनेट गोल गरेका थिए । मध्यान्तर पाछि सबैको खेल खस्किदै गएको थियो । ३७ औ मिनेटमा गोल गर्दै नियाम भुजेलले ह्याटि्क पुरा गरेका थिए । उत्कृष्ट खेल पस्केका सुबास खालिङ राईले ४१ र ४७ मिनेटमा गोल गरेका थिए । खडका फागोले दिएको पासलाई नियम भुजेलले ५५औ मिनेटमा पुन गोल गरेका थिए । दुबै टिमको गोल किपरको उत्कृष्ट बचाव रहेको थियो । रक्षाकमा काजि गुरुङ्को खेल आज फितलो रहेको थियो । भने योगेन सुब्बा गजेन्द्र खालिङ राई (युवा नेता) बिबस लिम्बुको खेल प्रशासा योग्य थियो । गोर्खा रेस्टुरेन्टका साहुनि र टिम ब्यबस्थापक गंगा गुरुङ कजिनि बहिनिको उपस्थितले सबैमा उल्लास छाएको थियो ।
खेल पछि दि गोर्खा नेपालि रेस्टुरेन्ट खडका फागो र कान्तिपुर मेडिकल सेन्टरका ब्यबस्थापक बिशाल खतिवडाद्वारा यो खेल हारजित, उपाधिको लागि नभएर आजको युगमा खानपान स्वस्थ्यमा विशेष ध्यान दिनु पर्ने र प्रबासि भुमिमा भाईचाराको सम्बन्ध निकट सधा रहि रहोस भनेर यो खेलको मध्यमबाट पनि सबैमा सन्देश पुगोस भन्ने उदेश्यका साथ खेलेका हौ । यो क्रम जारि रहि रहनेछ । नेपालि मिष्ठान परिकारिको लागि दि गोर्खा नेपालि रेस्टुरेन्ट, र स्वस्थ्य बारे नेपालि चिकित्सक रहेको कान्तिपुर मेडिकल सेन्टरलाई सम्झिनु होला । हामि सेवामा हरपल रहने छौ । भनेर सबैमा जानकारी दिनु भएको छ ।