सिनामे राजेश -राजनीतिको नाममा देशमा देखिएका र भोग्दै गरेका शोषण,दमन,अत्यचार र भ्रष्टचारको चपेटामुनी पिल्सिएर सिधा सोजा जनताले राज्य सत्तामा पुर्याउन घुँडो मुन्टो जोतेर जिताएका सत्ताधारीहरूले निम्तियाएको राष्ट्रमा वेरोजगारीको सिर्जना हुनु स्वभाविक नै छ ।
देशमा बेरोजगारीका कारण बैदेसिक रोजगारका रूपमा आफ्नो आर्थिक स्थिति उकास्न र देशमा रेमिट्यान्य भित्रियाउने उदेश्य सहित घर परिवारको खुसीको निम्ति माहाजनहरूको चर्को व्याँजमा ऋण लिएर काँचो कागजमा काले ध्वाँसे ल्याप्चे ठोकेर प्रवासिन बाध्य लाखौं लाख यूवा युवतीहरू सबैको सपना साकार भएको छैन । दिनानु दिन बैदेसिक रोजगारीमा पलायन युवा,युवतिहरूको शब बाकसमा बन्द भएर त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा नआएको खाली दिन पक्कै छैन ।
त्यसमा पनि दुःखको कुरा त झन के छ भने मलेसियाबाट ल्याएका सत्र शबहरू एकै चोटि आउदा राजनीतिक नेताहरू आसन र भाषण गर्नै भोका नाङ्गा जनताहरूलाई पेट मिचाउँदै सडकमा जम्मा पारेर झुटा आश्वासन दिदै यो माहामारीमा पनि प्रतिश्पदात्मक देखावटी भेला भने चर्काचर्कि रूपमा द्वोषारोपण गर्दै हिड्न छोडेका छैनन् । हृदय विदारक घट्नाहरूमा अझै कस्को ध्यान जान सक्छ होला ? कतिको सिंदुर पुछिएको छ । छोरा छोरी टुहुरा बनेका छन । अझै पनि यो विश्वमाहामारीमा सडकमा जनता भेला पारेर रेमिट्यान्स र जनताले तिरेको कर भ्रष्टचार गरेर अझै जनतालाई प्रचलित विश्वव्यापि रूढीमा हाम हाल्न बाध्य बनाउनु कत्तिको राजनीतिक न्याय हो सर्वसाधारणले पनि अब बुझ्न अति जरूरी देखिन्छ ।
बैदेशिक रोजगारीहरूकोलागि बनेका कानुनहरू रोजगारहरूमा कार्यन्वय भएको छ या छैन ? काजगमा मात्र सिमित छ भन्ने ठूलो प्रश्न चिन्ह खडा हुन्छ । बाकसमा फर्किनेका परिवारहरूले विमा बापत पाउँने रकम समयमा भुक्तानी भएको छ या छैन । तिनीहरूका छोराछोरीहरूले नि:शूल्क पठन पाठन गर्ने वातावरण मिलेको छ या छैन जस्ता यावत कुराहरूमा संबन्धित पक्षको ध्यान जान अति जरूरी देखिन्छ ।
अझ बैदेशिक रोजगारीमा गएर अकालमा मृत्यू हुनेहरूलाई त परिवारले देख्न सम्म त पाउँछन् तर ... संसार भर फैलिएको रूढिमा मृत्यूहुने आफ्नो देशमा फर्किन पाएनन् । त्यस्तो अवस्थामा घर परिवारले सबै प्रमाण प्राप्त गरे पनि जिवित छ या मृत कस्तो हुन्छ ।
सरकारले अझै पनि आफू आफै सत्ताकोलागि भाडभैलो मच्चाउदै देशको अर्थ तन्त्रमा आच पुर्याउनु भन्दा देशलाई कसरी परिमार्जित गरेर आमुल परिवर्न ल्याई स्वदेशमा विदेशमा सस्तो श्रम बेच्न बाँध्य वनाउनु भन्दा यूवा,यूवतिहरूलाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्ने हो भने सडकमा आन्दोलन गर्ने र गराउनेको कमि हुँदै जान्छ विकासको सृजना हुन्छ ।