दोहा /
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली श्रमिक लक्षित सचेतनात्मक कार्यक्रम गर्ने भएको छ ।
संघले एक सुचना जारी गर्दै आउँदो २९ जनवरी २०२१ शुक्रवार दिउँसो २ बजे देखी (ZOOM Online ) मार्फत कार्यक्रम गर्न लागेको हो ।
कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय द्वारा कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा प्रसारित नयाँ कानूनहरूको बारेमा सचेतना क्रायक्रम गर्ने भएको हो ।
कतारमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाइ नयाँ नियम कानुन बारे बृस्तित जानकारी दिदैं सचेतना गर्ने उद्देश्यले एनआरएनए कतारले भर्चुअल प्रोग्राम जुम अनलाइन मार्फत आयोजना गरिएको कुरा संघ कतारका अध्यक्ष मोहम्मद मोक्तदाले जानाकारी दिए ।
साथै उक्त भर्चुअल कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्दै नयाँ श्रमिक कानुन सम्बन्धी नेपाली श्रमिकहरु माझ केही जिज्ञासा (प्रश्न) भएमा कार्यक्रमको मिति अगावै एनसीसी कतार द्वारा संकलन गरिने र कतार सरकारको सम्बन्धित अधिकारीहरु समक्ष जानाकारी गराईने संघका महासचिव पदम गिरिले बताए ।
जस अनुसार नेपाली श्रमिकहरु प्रष्ट हुनुपर्ने बिषयमा आफ्नो जिज्ञासा / प्रश्नहरु २७ जनवरी, २०२१ सम्म एनसीसी कतारको ईमेल [email protected] मा पठाइसक्नु पर्ने छ ।
कार्यक्रममा सहभागिताको लागि तल उल्लेखित मिटिङ्ग Link Login गर्नुपर्ने छ ।
Join Zoom Meeting
https://us02web.zoom.us/j/4240595332?pwd=dDNwVW0yVFpaaW5hbFkzbFJ4RjByQT09
Meeting ID: 424 059 5332
Passcode: 2021