कार्ड्स अर्गनाइजेसन कतारको दोश्रो अधिवेशन हुने भएको छ । साथै कृष्ण पन्थीको संयोजकत्वमा सह संयोजक डिल्लिराम भट्टराई सहित ५१ सदस्यीय दोश्रो अधिवेशन आयोजक समिति पनि गठन गरिएको छ ।
गत शुक्रबार दोहाको ग्रान्ड मलको प्राङ्गणमा संस्थाका कार्यबाहक अध्यक्ष श्याम बहादुर लिम्बुको अध्यक्षतामा बसेको बिस्तारित भेलाले प्रमुख आतिथ्य बिदेश बिभाग प्रमुख मोहन कार्की क्षेत्रीले गरेका थिए ।
साथै विशेष अतिथिमा अन्तर्राष्ट्रिय समन्वय तयारी समितिका संयोजक के बी हमाल र अतिथिहरू मानार्थ सदस्यहरु प्रेम प्रसाद पौडेल, सजन लौडारी, कृण्ण पन्थि, डिल्ली राम भट्टराई लगायतको उपस्थितिमा सम्पन्न भएको भेलाको संन्चालन यसै संस्थाका महासचिव बिमल घलेले गरेका थिए ।
कार्यसमितिका पदाधिकारीहरु साथै कार्ड्स प्रेमीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त बिस्तारित भेलामा बोल्ने क्रममा सबैले संस्थालाई आगामी दिनमा सामाजिक र आर्थिक दुवै तबर बाट शसक्त रूपमा अगाडि बढाउन पर्नेमा जोड दिएका थिए ।
अन्तमा संस्थाका कार्यबाहक अध्यक्षबाट पहिलो कार्यसमितिलाई र आफुलाई सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्दै प्रथम अधिवेशन बाट निर्वाचीत कार्यसमिति बिघटन गरेको घोषणा गर्दै दोश्रो अधिवेशन आयोजक समितिको गठन भएको थियो ।
दोश्रो अधिवेशनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि संस्थाका मानार्थ सदस्य कृष्ण पन्थीको संयोजकत्व र मनार्थ सदस्य डिल्ली राम भट्टराईको सह संयोजकत्वमा ५१ सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको थियो ।
समिति गठन भए लगत्तै तयारी समितिको पहिलो बैठक संयोजक कृष्ण पन्थीको अध्यक्षतामा बसेको थियो जसलाई सह संयोजक डिल्ली राम भट्टराईले संन्चालन गरेका थिए । बैठकले ९ जनाको सचिबालय समिति गठन गरेको छ जसमा कृष्ण पन्थी, डिल्लिराम भट्टराई, बिमल घले, महम्मद आयुब शेष, राजाराम शाहि, असार मान राई, धर्मराज नेपाल, नर बहादुर थापा र सुरज कुँवर रहेका छन ।
उक्त बैठकले आगामी अधिवेशनको लागि आवस्यकता अनुसार बिभागहरु गठन गरि सबै कामको लागि जिम्मेवारी बाँडफाँड गर्दै अधिवेशन सभ्य र भब्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।