धादिङको रुबिभ्याली गाँउपालिकामा तामाङ जातिको महान चाड सोनाम ल्होछारको अवसरमा विविध सास्कृतिक कार्यक्रम सहित प्रतियोगिता हुने भएको छ।
गाउँपालिकाको आर्थिक बर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम बमोजिम आउदै गरेको सोनाम ल्होछारको ब्यबस्थापन गाँउपालिकाको आर्थिक सहयोग तथा आयोजनामा विविध सास्कृतिक कार्यक्रम,म्हेन्दोमाया नृत्य प्रतियोगित, गाउँपालिका स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगितामा भाग लिन इच्छुक सम्पुर्ण गाउँपालिका भित्रका क्लब,समूह,टिम,संस्था लगाएत सम्पुर्ण गाँउपालिकाको कार्यलयमा सम्पर्क गरि नाम टिपाउन आग्रह गरेको छ।
यहि आउदो माघ ३० गते देखि फागुन ३ गते सम्म बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म सेर्तुङमा हुने कार्यक्रमहरुमा जेष्ठ नागरिक सम्मान कार्यक्रम,म्हेन्दोमाया नृत्य प्रतियोगिता,गाउँपालिका स्तरीय महिला प्रतियोगिता,तामाङ,गुरुङ,घले तथा दलित सस्कृती झल्किने कार्यक्रम प्रदर्सन तथा म्हेन्दो माया नाच,म्हेन्दो माया गीत,डोका नाच,म्हाने दोरा नाच,लामा नाच,बोन्बो नाच साथै स्थानिय कलाकारका कला प्रस्तुति रहने जानकारी गराएको छ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीद्वारा हस्तान्तरित एक सुचना जारी गर्दै उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दै थप जानकारीका लागि गाउपालिका उपाध्यक्ष बिना लामा (९८५११७५५८९९),प्र प्र अ टंक बहादुर नेगी(९८५११७०७१३),थर्च लामा मिडिया प्रतिनिधि (९८६६४४७७८१) र दिलिप घले -MIX अप्रेटर (९८५१११७९८३) लाई सम्पर्क गर्न सकिने समेत जनाएको छ।