गोकर्णेश्वर :गोकर्णेश्वर नगरपाकिकामा संसद विघटन,सर्बसत्ताबाद तथा भ्रस्टाचारका विरुद्ध र लोकतन्त्र रक्षार्थ बिरोध सभा सम्पन्न भएको छ।
नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा न ९ इकाई समितीका सभापति बुद्धिमान तामाङको अध्यक्षता तथा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का केन्द्रिय सभापती संतोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।त्यसैगरी बिशेष अतिथिमा नेपाली कांग्रेस क्षेत्र न ३ महाधिवेशन प्रतिनिधि दिपक रिसाल,प्रदेश सभा क का सभापति श्रीमती सत्यमाभा श्रेष्ठ ,गोकर्णेश्वर नगर समिती सचिब प्रदिप थापा,वडा अध्यक्ष राजिब थापा लगाएत इकाई उपसभापती राजेश कुमार थापा,सह सचिब श्रीमती जसोदा केसी,कोषाध्यक्ष हरिकृष्ण कारजित,सहकोषाध्यक्ष अमृत घिमिरे,सदस्यहरु टेक बहादुर कार्की,रामकृष्ण घिमिरे ,वडासदस्यहरु पुरुषोत्तम , गमला कुमारी परियार लगाएतको उपस्थित रहेको थियो। त्यसैगरी नेपाली कांग्रेस तरुनदल नगरसमिती उपसभापति किरण पन्डित क्षेत्री,वडा न ९ ईकाईका नेपाल आदिबासी तथा जनजाति संयोजक आंगफुरी सेर्पा तथा नेपाली कांग्रेस आबद्ध तथा लोकतन्त्रप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाली कांग्रेसको कुनैपनि मुद्दा गोप्य नभई खुल्ला रहेको छ।प्रजातान्त्रिक समाजबाद नै पार्टीको एजेन्डा,रणनीति , कार्यनीति रहेको छ भने राजनितीक परिबर्तनका कालखण्डमा नेपाली कांग्रेसले नै निर्णायक भुमिका खेलेको बताउदै राणा शासनका बिरुद्ध,दस बर्षे जनयुद्धबाट माओबादीलाई नेपाली राजनितिको मुलधारमा ल्याउन सफल पार्टी हो।नेपालको संबिधान २०७२ समेत नेपाली कांग्रेसकै अगुवाईमा भएको सबैलाई सर्बबिदितै भएकोले अबको केपी ओलीको नेकपा सरकारको अलोकतान्त्रिक कदमका बिरुद्ध पनि डटेर लड्ने जनाएका छन।
कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसेले बोल्दै कोरोनाका कहरमा नेकपा सरकारले चालेको लज्जास्पद भएको बताए।यो नेकपा सरकारलाई जति गाली गरेपनी नलाग्ने नालायक सरकार बताउदै अब नेपाली कांग्रेसले कुनैपनी जनता रोडमा आउन नपर्ने गरि अघि बढ्ने बताए।त्यसैगरी अब नेपाली कांग्रेस जब सरकारमा फर्किन्छ त्योबेला न नेकपा न सत्ता न पार्टी नै रहनेछ र अहिले देश र जनताका लागि नेपाली कांग्रेस पार्टी नै बिकल्प रहेको छ।