काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका स्थित वडा न. १ मा स्थानीयबासीको स्वास्थ्यलाई ध्यानमा राखी खुल्ला फिटनेश पार्कको निर्माण गरिएको छ।
गोकर्णेश्वर नगरपालिका वडा न १ का वडा अध्यक्ष राम मानन्धरको सभापतित्व तथा नगरप्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ।कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसेले उद्घाटन कार्यक्रममा बोल्दै जनताको जनप्रतिनिधि भएर आएको तीन बर्ष सम्म नगरपालिकाका सबै वडालाई एउटै नजरमा हेरेको स्पष्ट पार्दै स्कुल र बालबच्चालाई मध्येनजर गर्दै खुल्ला र ब्यबस्थित पार्क भएकोले १६ लाख बराबरको फिटनेस सामाग्री ल्याएर वडा न १ लाई विशेष प्राथमिकता दिएको बताए ।यो फिटनेसन पार्कको महत्व ह्वात्तै बढ्नुका साथै यसबाट बच्चा युवा महिला लगाएत बुढाबुढीहरुले समेत प्रत्यक्ष फाइदा लिन सकिने खालका सामाग्रीहरु उपलब्ध गराएको जनाए।
अहिले नगरपालिकाका सबै वडाबाट फिटनेस पार्कको माग र परिपुर्तिका लागि आफुलाई अत्यन्तै प्रेसर आएको जानकारी गराउदै अझै आफ्नो बाकी एकडेढ बर्षको कार्यकालमा सकेसम्म सबै वडामा स्थापना गर्ने समेत बताएका थिए।खुल्ला फिटनेस पार्कको लागि ट्रस्टको आवस्यकता भएकोले यसको स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए।
नवनिर्मित फिटनेस पार्क मार्फत स्थानियबासीहरुले भरपुर लाभ लिनेमा आफू बिस्वस्त रहेको मेयर चालिसेले बताए। गोकर्णेश्वोर नगरपालिकाको वार्ड नं १ सुन्दरीजल स्थित सुन्दरीजल युथ क्लवको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको बिशेष सहयोगमा खुल्ला फिटनेस पार्कको निर्माण भएको हो।
कार्यक्रमका सभापति तथा वडा १ का अध्यक्ष राम मानन्धरले स्वास्थ्य नै ठुलो धन भएको हुँदा स्वस्थ नागरिक अभियान अन्तर्गत खुला व्यायामशाला बनाइएको जानकारी गराए । स्थानीयलाई निःशुल्क ब्यायाम गरेर शारीरिक रुपमा स्वस्थ रहन मद्दत मिल्ने बताउदै मानव जीवनमा ब्यायामको अति नै महत्व भएको बताए ।
कार्यक्रममा विशेष अतिथिहरुमा बिपि संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेल,नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,सुन्दरीजल फिटनेस क्लबका अध्यक्ष आइत तामाङ लगाएत जनप्रतिनिधिहरु,खेलप्रेमी लगाएतको उपस्थिती रहेको थियो भने उद्घाटन कार्यक्रमको सहजीकरण सचिब दिपेन श्रेष्ठले गरेका थिए।