कालिका गाऊँपालिका-5,जिबिजबे स्थायी निवासी सरु पौडेल बिगत २०७७ साल पौष २५ गते देखि सुत्केरी हुने प्रक्रियामा एक्कासि ब्लड प्रेसर उच्च भई बिरामी परेकि थिइन।
बिरामी पौडेललाई जिबजिबे ग्रामीण अस्पताल बाट त्रिसुली हस्पिटलमा अपरेशन गरि सुत्केरी बनाईएको थियो।पिडित महिलालाई थप उपचारका लागि काठमाडौ स्थित ग्रिनसिटी हस्पिटल र टिचिङ हुदै केही समाजसेवी ब्यक्तिहरुको बिशेष पहल तथा आर्थिक संकलन गरि अस्पताल खर्च तिर्ने सम्झौतामा हाल ग्राण्डी हस्पिटल काठमाडौंको ICU सघन कक्षमा उपचार भईरहेको छ!
बिरामी महिलाको औसधि उपचार खर्च अस्पतालमा तिर्नको लागि सम्पुर्ण सहयोगी मनहरुमा परिवारजनले अनुरोध गरेका छन।उनलाई सहयोग गर्नको लागि बिनम्र पौडेल ( (बिरामिको श्रीमान) को नाममा रहेको खाता नं: 083000323PD prime bank ltd. tokha branch को खातामा तथा प्रत्यक्ष भेटेर सकेको नगद सहयोग गर्न सक्नुहुनेछ।
त्यसैगरी अन्य ब्यक्तिहरुमा वसन्त भट्ट(9851101833) , सन्दिप पौडेल(9818252242), निरज देवकोटा (9860040116) र गणेश पौडेल (9851227852) लाई सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ! "सेवा नै धर्म हो आउनुस मनबताको लागी जुटौ" भन्ने मुल मन्त्रलाई आत्मसात्थ गर्दै आजबाट सुरु गरेको यो अभियानमा अहिलेसम्म रु.2,63,000 सहयोग संकलन भई सकेको छ, बिहान दिउसो र साझ अबेरसम्म हस्पिटल आई प्रत्यक्ष भेटेर सहयोग सहयोगी मनहरुबाट सहयोग जुटिरहेको बताईएको छ।
सहयोग गर्ने ब्यक्तिहरुमा: वसन्त भट्ट ( रु. २००००),सन्दिप पौडेल ( रु.१०,०००), निरज देककोटा ( रु.१०,०००),प्रेम प्रसाद पौडेल (१०,०००),गणेश पौडेल (रु.१०,०००),धर्म पौडेल(रु.२५०००),तिल प्रसाद पौडेल (रु.४५०००),शिवराम लामिछाने (रु.५०,०००),केशब प्रसाद ( रु.५०००),भोजराज पौडेल( रु.१०,०००),बुद्दी पौडेल(रु.२५०००),दिपक पौडेल(रु.१०,०००),नारायण पौडेल( रु.५०००),बिकाश भट्ट र सबिन अधिकारी ( रु.५०००),गोकुल देवकोटा (रु.१०००),सुबिन न्यौपाने ( ५,०००),गोकर्ण पौडेल(१२०००),बिस्वास नेपाली (रु.३०००) र नारायण लामिछाने (२०००) ले आर्थिक संकलन भएको बिष्णु घलेले मुग्लानी खबरलाई जनाएका छन्!