काठमाण्डौ,गोकर्णेश्वर नगरपालिका स्थित तारेभिरका स्थायी बासिन्दा गायक सुरेश लामालाई 'वाई वाई नेपाल स्टारमा' जिताउन अभियान तिब्र पारिएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारीको सभापतित्व तथा नगरप्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। मेयर चालिसेले गायक शुरेस लामा गोकर्णेश्वर नगरपालिकाको मात्र सान नभई समग्र नेपालकै सान भएको बताउदै एक लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन।गायक सुरेश लामालाई यो चौथो राउन्डसम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै उनलाई बिजेता गराउन आर्थिक भौतिक तथा नैतिक सहयोग गरि देशब्यापी रुपमा प्रचार प्रसारलाई तिब्र पार्नुपर्ने बताएका छन।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नंं. १ का अध्यक्ष राम मानन्धर, वडा नं. ५ का अध्यक्ष नारायण सुवेदी, वडा नंं. ९ का वडा अध्यक्ष राजिव थापा, शहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, समाजसेवी किरण बहादुर विष्ट, माधव खनाल, सुरेश लामा जिताऔं प्रचारप्रसार समितिका संयोजक गोपाल सुनाम, वडा नं. ३ का वडा सदस्य लक्ष्मण गोले, गोकर्ण प्रहरी प्रभागका सई ज्ञान कुमार कट्टेल, समाजसेवी हर्क बहादुर लामा, युवा समाजसेवी श्रीराम चालिसे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंं. ६ का नेपाली कांग्रेसका सभापति भूवन लामा, पिडिजि लायन कुमार राज सुवेदी, गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समितिका संयोजक दीपक लामा, जय मल्टिपल क्याम्पसका चिफ भवानी पौडेल लगायतले गोकर्णेश्वरको शान र पहिचानका लागि यस क्षेत्रका प्रतिभाशालि युवा गायक सुरेश लामालाई जिताउन सबै पक्षको विचमा सार्थक सहकार्यको आवश्यकता औंल्याउँदै जितका लागि "काठमाण्डौ स्थित गोकर्णेश्वर नपा ३ का सान,शुरेस लामा जिताउ अभियान" भन्ने मुलमन्त्रका साथ सुरेश लामा जिताउ प्रचार प्रसार समितीको आयोजनामा भएको कार्यक्रममा मेयर चालिसेले यस अभियानलाई मिलेर अगाडी बढाउन वडा अध्यक्ष लगायत नगरपालिका अन्तर्गत रहेका विभिन्न संघसंस्था, बुद्धिजीवी, विद्यालय, शिक्षक समाजसेवी व्यक्तिहरुलाई आग्रह गरेका थिए।
यसैगरी गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख तथा कार्यक्रममकी विशेष अतिथी शान्ति नेपालले बोल्दै गोकर्णेश्वर नगरपालिकामा धेरै प्रतिभाको खानी रहेकोले एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन। सुरेश लामालाई जिताउन, प्रचारप्रसार गर्न र भोट दिएर सहयोग गर्न आग्रह गरिन् । गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दीपक रिसालले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।
उक्त कार्यक्रममा सुनौलो पाइलाकी अध्यक्ष रोज विष्टले समेत ब्यकक्तिगत रुपमा तीन हजार सहयोगको घोषणा गरेकी छिन् कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडाहरुको तर्फबाट वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्यालले शुभकामना मन्तब्य राखेका थिए भने उक्त कार्यक्रमको संचालन समाजसेवी जयराम विष्टले गरेका थिए।