दोहा / गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारद्वारा एकहप्ता निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
कतारमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनी हरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद कतार द्वारा यहि आउदो २२ जनवरी २०२१ देखि १ हप्ताका लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।
कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रा मा २२ जनवरी २०२१, शुक्रबारको लागि दिनको ४:०० बजे देखि बेलुकी ९:०० बजे सम्म र २३ जनवरी देखि २८ जनवरी २०२१ सम्मको लागि बिहान ८:०० बजे देखि बेलुकी ९:०० सम्म संचालन गरिने पनि संघ कतारका महासचिव पदम गिरीले बताए ।
साथै परिक्षण कार्यक्रममा सहभागी भैई स्वास्थ्य लाभ लिनुहुन पनि सबैमा अनुरोध पनि गरेका छ्न ।