प्रतिनिधि सभा, संसद विघटनको विरोधमा नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा नागार्जुन नगरपालिका -५ स्थित सितापाइला हरिसिद्धिमा नगरपालिका अन्तर्गतका ९ ओटै वडामा बिरोध सभा सम्पन्न भएको छ।
नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका सभापति केदार मानन्धरको सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिका केन्द्रिय सदस्य किरण गिरिको प्रमुख आतिथ्यमा भएको हो।त्यसैगरी बिशेष अतिथिहरुमा नागार्जुन नगर प्रमुख मोहन बहादुर बस्नेत,नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय कार्यसमिति सदस्य दयाराम पाण्डे लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित अतिथिहरुमा महासमिति सदस्य दामोदर गौतम,मीन बहादुफ मानन्धर,राजन केसी,प्रदेश सभाका उम्मेद्वार तथा महाधिवेशन सदस्य धर्मराज गौतम,महाधिवेशन सदस्यहरु अरुण मानव,बिमला छटुंगेल,रिता दकाडी,प्रदेश सभा क्षेत्र नम्बर ९ ख का सभापती लव ढुङाना लगाएत केन्द्रिय तह भातृ संगठनबाट नेपाल शिक्षक संघ केन्द्रिय उपमहासचिव सुन्दर पन्त,नेपाल किसान संघका केन्द्रिय सदस्य श्यामकृष्ण खड्का,नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य पुनम लामा, वरिष्ठ पत्रकार तथा केन्द्रिय प्रचार बिभागका निबर्तमान सचिब दामोदर दवाडी,निर्बाचित वडाध्यक्षहरुमा वडा न १० वडा अध्यक्ष सुन्दर बहादुर केसी,वडा न नम्बर का वडा अध्यक्ष रामकृष्ण भट्टराई र वडा नम्बर ८ का वडा अध्यक्ष शुक्रबहादुर तामाङ लगाएतको उल्येख्य सहभागिता रहेको थियो।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा देशको ७ सय ५३ वटै पालिकाहरूमा एकैदिन शनिबार विरोध र्याली तथा सभाको आयोजना गरेको थियो।त्यसै अनुरुप नेपाली कांग्रेस नागार्जुन नगरसमितिको आयोजनामा नागार्जुन नगरपालिका अन्तर्गतका ९ ओटै वडामा बिरोध र्याली तथा सभा भएको हो।नगरपालिकाको वडा न. १ अन्तर्गत बिरोध र्यालीमा वडा १ मा जनप्रतिनिधी रामेश्वर लामाको नेतृत्वमा मोटर साईकल र्याली भएको हो त्यसै गरि वडा न २ मा वडा सभापती गोपाल धमलाको नेतृत्वमा बुद्धचोकबाट र्याली शुरु भएको थियो।वडा न ३ मा वडा सभापती धन बहादुर श्रेष्ठको नेतृत्वमा पांचधारा,हल्चाेक ,आदेश्बर हुँदै मोटर साईकल र्याली भएको थियो।वडा न ४ मा वडा सभापती लक्ष्मीराम शर्माको नेतृत्वमा शरणपुर चोकबाट शुरु भई हरिशिद्धी प्रस्थान गरेको थियो।वडा नं ५ मन्च ब्यबस्थापन जुलुसहरुलाई स्बागतकाे नेतृत्व वडा सभापति निर्मल खनालले गरेका थिए भने वडा नं ६ मा वडा सभापति ध्रुबराज पुरिको नेतृत्वमा डाडापाैवाबाट माेटरसाईकल र्यालि सहित जुलुस निकालिएको थियो।
त्यसैगरी वडा न ७ मा वडा सभापति देबेन्द्र गिरिको नेतृत्वमा गोदामथाेकबाट माेटरसाईकल र्यालि सहितको जुलुस डाडापाैवा हुदै हरिसिद्धि पुगेको थियो।वडा नम्बर ८ मा वडा सभापति रामहरि मरहठठाको नेतृत्वमा भिमढुंगाबाट माेटरसाईकल र्यालि सहित जुलुस निकालिएको थियो भने वडा नं ९ र १० मा वडा सभापति द्वय रामकृष्ण भट्टराई र सुन्दर के.सीको नेतृत्वमा सहिद सालिकमा जम्मा भै माेटरसाईकल -यालि सहित जुलुस निकालिएको थियो।
विरोधसभामा सम्बोधन गर्दै नगर प्रमुख मोहन बहादुर बस्नेतले केन्द्रिय निर्देशन अनुसार आज देशभरी नै नगरस्तरिय भेलामा प्रधानमन्त्री केपि ओलिद्वारा गरिएको संसद विघटनका विरुद्धमा आम समुदायमा सरकारले गरेको असंबैधानिक कदमबाट विशेष गरेर अहिले सांसद र ब्यबस्थापिकामाथी ठुलो प्रहार भैरहेको छ। कम्युनिस्ट हरुले सम्मानित अदालत लाई थर्काएर धम्काएर प्रभावमा पारेर संविधान मै नभएको संसय विघटन गरेर नेपाली जनतालाई धोका दिइरहेको बताए!केपि ओलि र प्रचण्डले नेकपा एमाले बेचेर खाएको आरोप लगाउदै नेकपाका तमाम समर्थकहरुलाई नेपाली काङ्ग्रेसलाई समर्थक गर्न समेत अनुरोध गरेका छन।