बागमती प्रदेश- रसुवा जिल्लाको नौकुण्ड गाउपालिकामा गाउपालिका स्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
"हाम्रो कला सस्कृती भाषा ,भेषभुषा हाम्रो पहिचान तामाङ सस्कृतिलाई माया गरौ हाम्रो अभियान " भन्ने नाराका साथ मञ्जुश्री सम्वत २८५७ औ माघे सङ्क्रान्ती तथा लाङ लो ( गोरु वर्ग ) को पावन अवसरमा सातधारा युवा समाज मार्फत आयोजित माघे सङ्क्रान्ती विशेष सास्कृतिक तथा भलिबल कार्यक्रम सातधारा युवा समाजको अध्यक्ष सुमन थोक्राको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अातिथ्यमा नौकुण्ड गाउँ पालिका प्रमुख नुर्पु साङ्वो घलेको प्रमुख आतिथ्यतामा भएको हो।त्यसगरी बिशेष अतिथी उपाध्यक्ष सिर्जना लामा, अतिथिहरु वडा नम्बर १ का वडा अध्यक्ष कान्छा तामाङ , वडा नम्बर ५ का वडा अध्यक्ष घोन्टे ग्याम्दान , वडा नम्बर ६ का अध्यक्ष धर्म बहादुर थोक्रा र कार्यपालिका सदस्य निस्मा तामाङ र सुन्तली माया घलेको समेत सहभागिता रहेको थियो ।
पुस २७ गतेदेखि माघ १ गतेसम्म आयोजित ३ दिने भलिबल प्रतियोगितामा १८ टीमको सहभागीता रहेको थियोे । उक्त खेलमा प्रथम स्थान हुन सफल लाङ्वाु युवा समाज ( पुरस्कार ४०००० हजार नगद, कप,प्रमाणपत्र मेटल सहित) दोस्रो स्थान हुन सफल राम्चे युवा समाज ( २५००० हजार नगद कप प्रमाणपत्र मेटल) तेस्रो स्थान हुन सफल आयोजक टीम सातधारा युवा समाज ( १५००० हजार नगद , कप मेटल, प्रमाणपत्र ) चौथोमा यार्सा युवा समाज ( ७००० नगत ,मेटल प्रमाणपत्र ) बितरण गरिएको छ भने उत्कृष्ट खेलाडी सोमन मोक्तान भएका छन ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नौकुण्ड गाउँ पालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख आतिथी नुर्बु साङबो घलेले खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै खेल क्षेत्र विकासका निमित्त सदैब सहयोग गर्ने प्रतिबद्धता जनाएका छन। खेल क्षेत्रका साथसाथै शैक्षिक , आर्थिक र पर्यटन क्षेत्रमा पनि प्रगति गर्दै जानुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सम्बोधन गर्दै नौकुण्ड गाउँ पालिका उपाध्यक्ष एवम् कार्यक्रमको विषेश अतिथि सिर्जना लामाले सबै खेलाडीलाई बधाई तथा शुभकामना दिदै युवा नै देश विकासको मेरुदण्ड भएको हुनाले राजनीतिक , शैक्षिक ,आर्थिक सामाजिक विकासमा युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन ।