दोहा /प्रवास कतारको बसाई समाप्त गरेका र कोभिड १९ का कारण नेपालबाट फर्कन नसकेका कारण संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास कतारका रिक्त पदको पदपुर्ति गरिएको छ ।
विगत लामो समयदेखि कतारमा रहेर लिम्बुवान आन्दोलनलाई सक्रिय रुपमा रहेर सहयोग गरिरहेका। साथै विभिन्न तहमा रहेर काम सांगठनिक काम गरि सकेका सदस्यहरुलाई मनोनयन गरिएको हो ।
रिक्त पद उपाध्यक्षमा युवराज वेघा लिम्बु, सचीवमा मौसम लिङ्दम लुब्लिहाङ लिम्बू र अमिर लावती लिम्बु, सह–अर्थसचिवमा डिकलाल लिङ्दम लिम्बू र टीका मिभक लिम्बू, सचिवालय सदस्यमा तुलसी मिभक लिम्बू र श्रीहाङ जबेगु लिम्बु चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भबिन्द्र (ताङ्साहाङ), तुम्बापो लिम्बु, सुजन माबो लिम्बू, दिनेश केरुङ लिम्बु, युमन नेम्बाङ लिम्बु, नवीन ताम्लिङ लिम्बु, नवीन मादेन लिम्बु, असल नेम्बाङ लिम्बु, श्याम कुमार हुक्पाचोङ्बाङ लिम्बु, दिपेश सेनिहाङ लिम्बु, दुर्ग तुम्बाहाङ्फे लिम्बू, यातायात विभाग को संयोजकमा खगेन्द्र राई, सहसंयोजकमा टीका मिभक मनोनित गरिएको छ।