मुग्लानी खबर
सागर लिम्बु /20 अक्टोबर 2017
गत शुक्रबार: २० अक्टोबर २०१७ का दिन किरात याक्थुङ चुम्लुङ कतारले मौलिक सांस्कृतीक झाकी के–लाङ, सहित लालिङ्केत, नाम्लिङकेत खेलेर बलिहाङ तङनाम—५०७७ भव्य रुपमा सम्पन्न गरेकोछ । किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र सामेखामको सभापतित्व, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देब राज राईको प्रमुख आतिथ्य र महासचिव सागर तुम्बाहाङफे को सन्चालन रहेको कार्यक्रममा विभिन्न मात्रृसंस्था, जिल्ला संस्था, पत्रकार, व्यावसायी तथा समाजसेवी साथै नेपालीजनको बाक्लो उपस्थिति रहेको उत्तः कार्यक्रम व्यानर अनावरण, दिप प्रजलन तथा राष्ट्रिय गान गाएर औपचारिक समुत्घाटन गरिएको कार्यक्रममा, कियाचु कतारका बरिष्ठ उपाध्यक्ष हर्क खजुम ज्यु को स्वागत मनतव्य र बिषेश सल्लाहकार श्री लोकेन्द्र तुम्रोक ज्युको किरातीहरुको महान चाड बलिहाङ तङनामम बारे प्रष्टाएका थिए।
बिषेश सल्लाहकार लोकेन्द्र तुम्रोक ज्युले बलिहाङ तङ्नाम बारे प्रकाश पार्दै किरात याक्थुङ जातिहरुले धेरै वर्ष पहिले देखिनै मानिन्दै आएको वलिहाङ तङनाम बारे पछिल्लो चरणमा जेजति तर्क र विवादहरु उठेका छन् । ती सबै आधारहीन रहेको र वास्तवमा बलिहाङ तङनाम १ दिन मात्र मानिने प्रचालन भएता पनि एकात्मक शासन ब्याबस्थाले अन्य धार्मिक तथा सांस्कृतिक अतिक्रमण गर्दै एकात्मक राज्य बिस्तार क्रममा बलिहाङलाई विभिन्न चाड पर्वहरु संग मिश्रण गरि ओझेलमा पार्ने सडयन्त्र गरि रहेको भन्दै सम्बन्धित सबैलाई सचेत हुन आग्रह गरेका छन् । यसै सन्धर्वमा मिथअनुसार बलिहाङले एक दिन आफ्नो भाई भारदारहरुलाई बोलाई अब म मर्ने बेला भयो । मेरो काल आयो भनी सुचित गरे र उत्त समाचार सारा जनताहरु माझ फैलियो । जनप्रेमी, राष्ट्रप्रेमी प्रतापी हाङलाई कालले लाने भन्ने खबर पाए पच्छी जनताहरु चिन्तित हुन्दै, हाङलाई कसरि बचाउन सकिन्छ? कसरी उनको आयु लम्ब्याउन सकिन्छ ? भन्ने जनताको जिज्ञासा माथी हाङले भने, आज मध्य रातमा मलाई लिनु “काल“आउँदैछ । यसर्थ मलाई बचाउनेनै हो भने? त्यो समयमा तिमीहरु मेरो दिर्घायु एवम सुस्वास्थ्यको कामना गर्दै दिपप्रजलन, नाचगान गरि जाग्रम बस्नु पर्छ भनेका हुनाले, सारा जनताहरु भेला भइ हाङलाई मृत्युबाट बचाउनका लागी दिपप्रजलन तथा नाचगान गर्दै जाग्रम बसे । जब कालले त्यो दृश्य देखेपछि हाङलाई साथ लान सकेनन्।
मिथअनुसार यसरि बलिहाङको आयू थप भएको खुसियालीको खबर जनतामाझ पुर्याउनका लागि लालिङ्केत—नाम्लिङकेत खेल्दै, प्रचार गर्दै खुशियालि चाडको रुपमा बलिहाङ तङ्नामलाई याक्थुङ लिम्बु जातिहरुले कालन्तर देखिनै मनाउँदै आएका हुन् भन्ने दाबी गरेकाछन् । पच्छिलो समयमा हिन्दू संस्कृतिमा ढाल्नका लागि काग , कुकुर, गाई, गोरु र भाई तिहारमा परिणत गरि बलिहाङ बारे भ्रम सृजना गरि किरात समुदायमा अन्योलता सृजना गरिएकोमा दुःख ब्यात्त गर्दै यस्ता अनावश्यक भ्रममा नपर्न सम्बन्धित सबैलाई सचेत तुल्याएकाछन।
प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासघं कतारका अध्यक्ष देबराज राई , विशिष्ठ अथिति गैर आवासिय नेपालि संघ, राष्ट्रिय सन्वमय परिषद कतार का प्रवक्ता श्री अशोक सिंदान तामाङ, समाज सेवि श्री धिरज चाम्लिङ राई, बिषेश अथिति हरु मगर संघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोक्का मगर, तमु गुरुङ सेवा समाज का रश तमु,भुजेल सेवा समाज का अध्यक्ष मिलन भुजेल, सुनुवार सेवा समाज शाखा का प्रमुख सल्लाहकार सोम सुनुवार ,तमु फ्ये ल्यु संघ कतारका उपाध्यध सग्राम तुमु,पाथिभारा सेवा समाज कतारका बरिष्ठ उपाध्यक्ष गोपाल खतिवाडा,समाज सेवि शिब भुजेल, कियाचु कतारका प्रमुख सल्लाहकार मन कुमार आङबो, तुम्याहाङ नरेन्द्र एभेङ, सल्लाहकार डम्बर लिबाङ, सल्लाहकार तिल बिक्रमा थेबे ज्यु हरुको शुभकामना मन्तब्य रहेको थियो, कार्यक्रमलाई थप रोचक बनाउनका लागि सचिव बिमल सिगु,सचिव अबिन्द्र मादेन, र मोहन राई द्धारा लिम्बुगित गाएर माहोल लाई थप उर्जा दिएका थिए भने याराक,मौलिक सास्कृती झाकि नाचहरु प्रस्तुत गरीएको थियो,कियाचु कतारका तुम्याहाङ द्धारा लारिङकेत- नामलिङकेत र खस नेपालीमा देउसी गोपाल खतिवडा, असोक तामाङ, लोक राई, ललिता केसिहरु द्धारा भट्याई लालिङकेत् नाम्लिङकेत् तथा देउसी भैलो खेलेर बलिहाङ तङनाम तथा दिपावली मनाएका थिए । अन्त्यमा बलिहाङ तङ्नाम–५०७७ लाई सफल बनाउन अहोरात्र खट्नुहुने, र उपस्थित जनमास प्रती आभार तथा धन्यवाद प्रकट गर्दै अध्यक्ष सामेखाम ले कार्यक्रम अनत्य भएको घोषणा गर्नु भयो।