काठमाडौ - गोकर्णेश्वर नगरपालिका वडा न. ९ मा रास्ट्रीय एकता दिवस-२०७७ को उपलक्ष्यमा बाल साइकिल र्याली भएको छ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।त्यसगरी बिशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका नगर प्रबक्ता तथा वडा न.८ का अध्यक्ष मनोज ढुंगाना, वडा न ९ का वडा अध्यक्ष राजिब थापा, अजय पन्डित क्षेत्री लगएतको उपस्थिति रहेको थियो।
नेपालको एकीकरणमा उच्च योगदान पुर्याउनु भएका राष्ट्रपिता पृथ्वीनारायण शाहको आज पौष २७ गते परेको २९९ औ जन्मदिनको उपलक्ष्यमा उनको उच्च सम्मान बाल साईकिल र्याली गरिएको थियो।साईकिल र्याली आरुबारी चोकबाट शुरु भई सिमलटार,रामहिटी,बौद्ध स्तुपा ,अरब बैंक ,जोरपाटी ,माकलबारी,जगडोल हुँदै वडा न. ९ को वडा कार्यलयमा आई समापन भएको थियो।
कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेले बोल्दै आज पौष २७ गते बिशाल नेपालको एकीकरणकर्ता बडामाहाराजधिराज पृथ्वीनारायण शाहको जन्मदिन भएको कारण र उनले नेपाल एकीकरण गरेकै कारणले आज हामी नेपाली हुन पाएको र गर्बका साथ नेपाली भएर बाच्न पाएकोमा खुशीयाली ब्यक्त गरे।राष्ट्रपिता पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नहुने बताउदै बाल साईकल र्याली आयोजना गर्नुभएकोमा आयोजक,उपस्थित बालबालिका र अभिभावक सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए।
कार्यक्रममा सम्पुर्ण बाल साईकिल र्यालीमा उपस्थित भाईबहिनिहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो भने कार्यक्रमका सभापती दिपक रिसालद्वारा कार्यक्रम सफल बनाउन साथ सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।