मुग्लानी खबर
सन्तोष के. सी. 20 अक्टोबर 2017
नेपाल प्रवासी तामाङ समाज कतारले सैक्षिक बिकास कोषको निम्ति तामाङ चलचित्र काला दाग कतारको बिन उम्रान स्थित गार्डेन रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम बिच सम्पन्न गरेको छ ।
सभापती तिर्थ थिङ तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाका संरक्षक तथा संस्थापक शुक बहादुर तामाङ,प्रमुख सल्हाकार थर्चा लामा लगायत कार्यसमितिका पधादिकारी,विभिन्न संघ संस्थाका प्रतिनिधि,समाज सेवि हरुको उपस्थिति रहेको थियो ।
मन्तब्यको क्रममा नर बहादुर तामाङ,शुकबहादुर तामाङ लगायतले प्रवासी तामाङ समाज कतारले देश भन्दा बाहिर रहेर आफ्नो समुदाय,रास्ट्र र तामाङ गरिव तथा जेहेन्दार विधार्थीलाई सहयोग पुर्याउने हेतुले समाजले काला दाग (रगतको दाग) नामक तामाङ फिल्म च्यारिटो सो गरेको र उठेको पैसालाइ शैक्षिक बिकास कोषमा जम्मा गरिने बताए । तामाङ भाषा सस्कृतीलाई जोगाइ राख्न पनि बिभिन्न गीत संगीत फिल्ममा समेट्नु पर्ने उनीहरुले बताए ।
सभापती तिर्थ थिङ तामाङले सन २०१२ देखि संस्थाले ५००० बाट कोष स्थापना सुरु गरेको र हाल सम्म ५ बर्षको अबधीमा १५ लाखको शैक्षिक कोष जम्मा गर्न सफल रहेको बताए ।
२०४६ साल भन्दा पहिले कुनै पनि तामाङ चलचित्र बन्न नदिए पनि अहिलेको समयमा तामाङ फिल्म लगातार बनेका छन तर लगानि उठाउन गारो भएको हुँदा प्राय कलाकारहरु बिदेसिने हुदा आफ्नो सस्थाले तामाङ भाषाको चलचित्रलाई अन्तरास्ट्रिय जगतमा प्रदर्शन तथा प्रबर्द्धन गर्दै कलाकारको सम्मान गर्न लागेको बताए ।
पहिलो चरणको औपचारिक कार्यक्रम पछी केहिबेर सांगीतिक माहोल छाएको थियो जस्मा गायक कुमार ओखेरेलीले स्वागत गीत तामाङ रिमठिम बोलको गीत गाउदै उपस्तित दर्सकलाई मनोरंजन दिएका थिए भने कलाकारहरु श्रीचन तामाङ,पुजा तामाङ,रेजिना तामाङ,अलिया थिङ,मोनिका तामाङ,कान्छामान तामाङ लगायतका कलाकारले पनि विभिन्न तामाङ गीतहरुमा नाचेर स्टेज तताउन सफल रहे ।
अन्त्यमा काला दाग फिम्मलाई पर्दामा देखाउदै कार्यक्रम समापन गरिएको थियो । शंकर महर्जन द्वारा द्वन्द्व तथा निर्देशित काला दागको निर्मातामा चन्द्र दोङ र बसन्त मोक्तानले गरेका छन, भने कथा तथा पठकथा प्रकाश् लामा,नृत्य निर्देशक सुनिल मोक्तान ,संगीत जोगलाल लामा र निमा दोङ,तथा छायांकन रवि कोइराला र केशव अधिकारीको रहेको छ। कार्यक्रममा स्वगत मन्तब्य नेत्र कुमार तामाङ र संचालक धिरेन तामाङले गरेका थिए ।