नेपाली काङ्ग्रेस प्रदेशसभा १ रसुवा क्षेत्रिय कार्यसमितिका क्षेत्रिय सभापति एंव जिल्ला उपसभापति सरला देवकोटा र प्रदेशसभा २ का क्षेत्रिय सभापति पदम बहादुर न्याैपानेकाे संयुक्त सभापतित्वमा बैठक बसी नेता एंव संगठन विभाग प्रमुख लामा कार्बु तामाङ माननीय सांसद प्रभात तामाङ युवा नेता जनक जीवन उपाध्याय , सचिव दाेय शुक्र थिङ तामाङ , सुनुअाैङ्दि तामाङ, नेता रामसिं तामाङ पुर्व पदाधिकारीहरु कार्यसमितिका सदस्यहरु संगठन विभाग सदस्य सचिव लक्ष्मण देवकोटा तथा सदस्यहरु गाउँपालिका सभापति वडा सभापति र क्रियाशिल सदस्य भातृ संगठन प्रतिनिधिहरुकाे उपस्थितिमा सरकारकाे असंबैधानिक कदम र कुशासन विरुद्व गत पाैष २५ गते कालिकास्थानमा बृहत विराेध र्याली भएको छ। जिल्ला तह देखि वडासम्मका नेतागण कार्यकर्ता शुभेच्छुकहरुकाे विशाल उपस्थितमा विराेध सभा भएको हो।
बिरोध जुलुसमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरुको उपस्थिती रहेको थियो भने रसुवाको जिबजिबे बाट शुरु भई कालिकास्थानको बजारमा कोणसभा भएको थियो।उक्त कोणसभालाई सम्बोधन गर्न प्रमुख बक्ताहरुमा माननीय सांसद प्रभात लामा,प्रतिनिधि सभा सांसद मोहन आचार्य ,प्रेम तामाङ,संस्थापक रसुवाका अध्यक्ष बालचन्द्र पौडेल ,पुर्ब पार्टी सभापती लामा, बर्तमानकर्बु तामाङ लगाएतका नेताहरुको उपस्थित रहेको थियो।
बिरोध कार्यक्रम किन गर्नु पर्यो भन्ने बिषयमा प्रष्ट पार्न बक्ताहरु पार्टी सभापती छिरिङ तामाङ ,जनक जीवन उपाध्याय,जिबजिबे निर्बाचन क्षेत्र प्रदेश "क" तथा बिरोध र्यालीका संयोजक सरला देवकोटा,कालिकास्थान निर्बाचन क्षेत्र प्रदेश "ख" का सभापति तथा र्यालीका सम्योजक पदम न्यौपाने लगाएतले बोलेका थिए।
नेपाली कांग्रेस रसुवाका प्रभावशाली नेता तथा बागमती प्रदेशका माननीय सांसद प्रभात लामाले बोल्दै यो कोरोनाको विषम परिस्थितिमा नेपाली कांग्रेसले आन्दोलन किन गर्दैछ? भन्ने लागेको होला केपि ओलिको सरकारले निरङ्कुसबादी तथा अंसबैधानिक कदम चालेकोले बिरोध र्याली गर्न बाध्य भएको बताए।नेपाली कांग्रेस असंबैधानिक गतिविधि भैइरहदा चुपचाप कदापी बस्न नसक्ने भन्दै देशका हरेक राजनितिक समस्याहरुलाई पार लगाउदै आएको बताए। अहिलेको आन्दोलन नेपाली काङ्ग्रेसले मात्र होइन विभिन्न राजनितिक दल बुद्धिजीवी लगायत नेपाली जनताको आन्दोलन हो लोकतन्त्र र जनताको सम्बिधानको बचाउको निम्ति आन्दोलन हो।
त्यसैगरी अर्का बक्ता लामा कार्बु तामाङले बोल्दै नेपाली जनताले बलिदान दिएर ल्याएको लोकतन्त्र र संविधान हो। सर्वहारा पार्टीको नाम भजाउने कम्युनिस्टहरुले पालैपालो कमाएर पहिलो संविधान निर्माण गर्न असक्षम भए त्यस पश्चात् दोस्रो संविधान नेपाली काङ्ग्रेसको अगुवाईमा निर्माण गरिएको हो।देश र जनताका लागि नभई आफ्नो स्वार्थ पुर्ती गर्न दुई पार्टी मिलेर चुनाव लडेको बताउदै कम्युनिस्ट भनेको कमाउने मात्र रहेछन भन्ने सारा जनतालाई छर्लङ्ग भएको बताए।त्यसैगरी प्रधानमन्त्री केपि ओलिको कदम असंबैधानिक र निरङ्कुसताबादी भएकोले त्यसैले नेपाली कांग्रेसले देश ब्यापी आन्दोलन गर्ने बताए।
यसैक्रममा सभापती सरला देवकोटाले जबजब नेपाली जनतालाई विभिन्न शासकहरुबाट "कु" भयो त्यो बेला नेपाली कांग्रेस चुप लागेर बसेन डटेर लड्यो ईतिहास साची छ जति पनि परिबर्तन भए सबै नेपाली कांग्रेसको पहल र अगुवाईमा भए। जब जनतालाई समस्या पर्छ नेपाली काङ्ग्रेस सडकमा आउँछ फेरि नेपाली काङ्ग्रेसले बनाएको संविधानलाई कु भएको छ अब अन्तिम लडाई लडदै छौ, दुइतिहाईको केपी सरकार निर्मला हत्या, भ्रस्टाचार बलत्कार अनयमितता जस्ता काण्डलाई बचाउन ल्याएको होइनन यिनिहरु त मान्छे मारेर सत्तामा आएका हुन भन्दै आरोप लगाएकी हुन।