नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन एवं सभा आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल भएको धारणा व्यक्त गरेका छन।
कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आगामी माघ ३ गते ७५३ पालिका र माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिएका छन। उल्लिखित कार्यक्रमबाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रम आयोजना गर्न सक्ने समेत उनले बताए।
कांग्रेसले यसअघि पुस ५ गते प्रतिनिधिसभा विघटन भएकै दिन पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक मार्फत पार्टीको धारणा सार्वजनिक गरेको थियो । पुस ६ गते सर्वदलीय बैठक आयोजना गरेको तथा पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ ।
यसै क्रममा नेपाली काङ्ग्रेस प्रदेशसभा १ रसुवा क्षेत्रिय कार्यसमितिका क्षेत्रिय सभापति एंव जिल्ला उपसभापति सरला देवकोटा र प्रदेशसभा २ का क्षेत्रिय सभापति पदम बहादुर न्याैपानेकाे संयुक्त सभापतित्वमा बैठक बसी नेता एंव संगठन विभाग प्रमुख लामा कार्बु तामाङ माननीय सांसद प्रभात तामाङ युवा नेता जनक जीवन उपाध्याय , सचिव दाेय शुक्र थिङ तामाङ , सुनुअाैङ्दि तामाङ, नेता रामसिं तामाङ पुर्व पदाधिकारीहरु कार्यसमितिका सदस्यहरु संगठन विभाग सदस्य सचिव लक्ष्मण देवकोटा तथा सदस्यहरु गाउँपालिका सभापति वडा सभापति र क्रियाशिल सदस्य भातृ संगठन प्रतिनिधिहरुकाे उपस्थितिमा सरकारकाे असंबैधानिक कदम र कुशासन विरुद्व गत पाैष २५ गते कालिकास्थानमा बृहत विराेध र्याली भएको छ। जिल्ला तह देखि वडासम्मका नेतागण कार्यकर्ता शुभेच्छुकहरुकाे विशाल उपस्थितमा विराेध सभा भएको हो।
बिरोध जुलुसमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरुको उपस्थिती रहेको थियो भने रसुवाको जिबजिबे बाट शुरु भई कालिकास्थानको बजारमा कोणसभा भएको थियो।उक्त कोणसभालाई सम्बोधन गर्न प्रमुख बक्ताहरुमा माननीय सांसद प्रभात लामा,प्रतिनिधि सभा सांसद मोहन आचार्य ,प्रेम तामाङ,संस्थापक रसुवाका अध्यक्ष बालचन्द्र पौडेल ,पुर्ब पार्टी सभापती लामा, बर्तमानकर्बु तामाङ लगाएतका नेताहरुको उपस्थित रहेको थियो।
बिरोध कार्यक्रम किन गर्नु पर्यो भन्ने बिषयमा प्रष्ट पार्न बक्ताहरु पार्टी सभापती छिरिङ तामाङ ,जनक जीवन उपाध्याय,जिबजिबे निर्बाचन क्षेत्र प्रदेश "क" तथा बिरोध र्यालीका संयोजक सरला देवकोटा,कालिकास्थान निर्बाचन क्षेत्र प्रदेश "ख" का सभापति तथा र्यालीका सम्योजक पदम न्यौपाने लगाएतले बोलेका थिए।