लुम्बिनी प्रदेश- दाङको तुलसीपुर स्थित अरनिको मैदानमा आज बिहिबार देखि शुरु भएको खुल्ला भलिबल प्रतियोगिता -२०७७ खेलप्रेमी समेत रहेका गन्डकी प्रदेशका माननीय सांसद दिपक मनाङे( राजिब गुरुङ) ले उद्घाटन गरेका छन।
स्वतन्त्र युवा क्लब तुलसीपुर ६ राजापुरको आयोजनामा संचालित प्रतियोगितामा क्लबका अध्यक्ष संदिप गौतमको सभापतित्व, गण्डकी प्रदेश सभा सदस्य माननीय सांसद राजिव गुरुङ (दिपक मनाङे) को प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय खेलाडी जनक कुमार बाठा मगर (जेके)को बिशिस्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।
तीन दिन सम्म चल्ने २१ टिमको सहभागिता रहेको प्रतियोगिता स्थानिय स्तरदेखि भलिबल खेलको पहुँचलाई अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको हो भने प्रतियोगिताका संयोजक एच आर मगरको स्वागत तथा कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए।
प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा ग्रेट अरनिको माबी तुलसिपुरको टिमलाई २५ - १२ र २५- २३ को सोझो सेटमा पराजित गरि शसस्त्र प्रहरी बल प्रदेश न ५ ले बिजयी हात पारेको छ ।प्रतियोगितामा क्रमश शुक्रवार सिद्ध कुमाख र सुस्ता नवलपरासी, द ब्रेभ गोरखा ट्रेनिङ सेन्टर घोराही १५ र राप्ती बबई क्याम्पस तुलसिपुर खेल्ने जनाईएको छ।
प्रतियोगितामा प्रथम बिजेता टिमलाई नगद ५० हजार,कप, मेडल,प्रमाणपत्र, दोस्रो बिजेता टिमलाई नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद १५ हजार, प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।प्रतियोगिता अबधिभर रेफ्री को भुमिका मा भलिबलका राष्ट्रीय रेफ्री हरिश ओलि र भलिबलका सहायक प्रशिक्षक भिम डागी रहेका छन ।