काठमाण्डौ - गोकर्णेश्वर नगरपालिकामा संचालित मासु व्यवसायीहरुका लागि नगरपालिकाको आयोजनामा ओसिस पार्टी प्यालेस गोकर्णेश्वरमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाको सभापतित्वमा कार्यक्रम गरिएको हो।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा बिशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथिहरुमा वडा न ४ का वडाध्याक्ष्य श्री कुमार श्रेष्ट,पशुसेवा विभागका बरिष्ठ प्रशिक्षक डा.गोकुल उपाध्याय लगाएत नगरपालिकाका अन्तर्गत वडा अध्यक्षहरु, जनप्रतिनिधि,बुद्धिजिबीहरु लगाएत स्थानिय नगरबासीहरुको उपस्थित रहेको थियो।
राष्ट्रिय गान पश्चात् शुरु भएको उक्त कार्यक्रममा उपस्थित सम्पुर्णमा स्वागत मन्तब्यद्वारा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले स्वागत मन्त्यब्य मार्फत स्वागत गरेका थिए।
कार्यक्रममा बिशेष गरि मासु ब्यबसाय नाफामुलक मात्र नभई प्रत्यक्ष जनताको स्वास्थ्य संग जोडिएको हुँदा दुबै पक्षले ध्यान दिनुपर्ने रहेको थियो।गोकर्णेश्वर नगरपालिकाभित्र संचालित मासु ब्यबसायलाई कसरी फस्टाउन सकिन्छ र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा चर्चा गरिएको थियो।
कार्यक्रममा उपस्थित बजार ब्यबस्थापन समितिका संयोजक दुर्गा बराल,बधशाला संयोजक हिरामान शाक्य,गोकर्णेश्वर नगरपालिकाका प्रसाशनिक अधिकृत राम प्रसाद आचार्य लगाएतले आफ्नो मन्तब्य राखेका थिए।
यसै क्रममा कार्यक्रमका प्रमुख अतिथी तथा मेयर सन्तोष चालिसेले बोल्दै मासु ब्यवसाय कसरी गर्न सकिन्छ भन्ने एउटा दायित्व छ भने अर्को उपभोक्तालाई स्वस्थ मासु कसरी उपलब्ध गराउन सकिन्छ भन्ने अर्को दायित्व रहेको बताए।त्यसगरी नगरपालिकाले पहिलो बर्षमा जग्गा उपलब्ध गराई आधुनिक बधशाला निर्माण गर्ने वचन दिएकोमा आफुहरु उचित जग्गा नपाएका कारण असफल भएको समेत प्रस्ट पारे।गोकर्णेश्वर नगरपालिकामा रहेका मासु ब्यबसायिहरुको सुरक्षाको ग्यारेन्टी लिएर नगरपालिकाले सहयोग गर्नुपर्ने र ब्यबसायिले पनि उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने ग्यारेन्टी दिनुपर्ने बताउदै यो दुबैलाई मिलाएर निकट भबिस्यमा अगाडी बढ्न नगरपालिका अत्यन्तै गम्भीर रहेको बताएका थिए।आजको युगमा कस्तो किसिमको बधशाला आवस्यक पर्छ भन्ने बारेमा सबैलाई ज्ञान हुनुपर्नेमा जोड दिदै आजको कार्यक्रमले बिशेष भुमिका खेल्नेमा बिस्वस्त रहेको बताएका थिए।
अन्त्यमा कार्यक्रमका सभापती तथा वडा अध्यक्ष मनोज कुमार ढुंगानाले मासु ब्यबसायी र उपभोक्ता बिचको सम्बन्ध सुमधुर गराउन के कसरी अगाडी बढ्न सकिन्छ यसका बारेमा सुझाव सल्लाह समेत दिन अनुरोध गर्दै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण गोकर्णेश्वर नगरपालिका प्रशासन साखा प्रमुख टंकनाथ घिमिरे गरेका थिए।