अंग्रेजी बर्ष २०२० को बिदाई तथा नयाँ वर्ष २०२१ को शुभारम्भमा ठमेल पर्यटन बिकास परिषदको आयोजनामा "New Year Eve-2021" भब्यताका साथ सम्पन्न भएको छ।
ठमेल पर्यटन बिकास परिषदका प्रथम उपाध्यक्ष गीता गुरुङ,उपाध्यक्ष राजुमान डंगोल तथा संस्थाका महासचिब ध्रुब अधिकारीको बिशेष सकृयतामा भएको कार्यक्रममा ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष प्रकाश नरसिंह राणा को सभापतित्व तथा काठमाण्डौ महानगरपालिका वडा २६ न. का वडा अध्यक्ष ख्यामराज तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
त्यसैगरी कार्यक्रममा का म पा वडा न. २६ का पुर्ब वडा अध्यक्ष बिश्वम्बर लाल प्रधान ,ठमेल पर्यटन बिकास परिषदका पुर्ब अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार रामशरण थपलिया लगाएत उधोग- व्यापारी, समाजसेबीहरु, विभिन्न पदमा आसिन बिशिस्ट ब्यक्तित्वहरु बुद्धिजीवी,पत्रकार तथा ठमेलबासी दाजुभाई दिदिबहिनिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथी ख्यामराज तिवारीको हातबाट दिप प्रज्वलन गरे पश्चात् विभिन्न सास्कृतिक कार्यक्रम गरिएको थियो साथै नेवारी मौलिक बाजागाजा सहित ठमेल नगर परिक्रमा गरिएको थियो।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नराम्ररी थला परेको राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेललाई पुरानै गतिमा फर्काउन ठमेल पर्यटन विकास परिषद’ सकृय रुपमा लागेको छ।काठमाण्डौको मुटुका रुपमा परिचित सुन्दर पर्यटकिय क्षेत्र ठमेल आफैमा सुन्दर देखिन्छ।जहाँ दिनमा भन्दा रात पर्दै जादा झन झन रमाइलो चहलपहल बढ्दै जान्छ। कोभिड -१९ ले विश्व थला परेको अवस्थामा पर्यटकिय स्थल ठमेल पनि अछुतो रहेन। संस्थाका महासचिव ध्रुब अधिकारीले पुन: ठमेललाई पुरानै अवस्थामा पुर्याउनको लागि पनि अंग्रेजी बर्ष २०२१ शुभारम्भमा उक्त पार्टीको आयोजना गरिएको बताएका छन।
नेपालका विभिन्न ठमेल लगाएत पर्यटकिय क्षेत्र धरासायी हुदा राज्यको आर्थिक अवस्था नै नाजुक भैईरहेको अबस्थामा यो पार्टीले समेत बिशेष भुमिका खेल्ने देखिएको छ।कार्यक्रमको अन्त्यमा बोल्दै महासचिब अधिकारीले कोभिड -१९ का कारण भब्य कार्यक्रम गर्न असहज भएतापनी सामान्य रुपमा गरिएको यो पार्टिले ठमेलको पर्यटकिय अबस्थालाई पुन: पुरानै स्थितिमा ल्याउन मद्दत गर्ने बताए।
कार्यक्रमलाई सफल बनाउन अहम भुमिका खेल्नुभएका संस्था भित्र तथा बाहिरका सम्पुर्ण ब्यक्तित्वहरुलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको महासचिब अधिकारीले घोषणा गरेका थिए।