आदिबासी किरात समाज गोकर्णेश्वर ९ आरुबारी काठमाण्डौका संस्थापक अध्यक्ष दिपेन्द्र चाम्लिङले उधौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर), कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातिको तमु ल्होसार, धान्यपूर्णिमा र यःमरी पुन्ही २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन।
संस्थाका संस्थापक अध्यक्ष चाम्लिङले किरात सम्बत ५०८० तथा महान चाड उधौली साकेलाको उपलक्ष्यमा किरातजन तथा गैर किरातजन सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति,समृद्धि ,सुस्वास्थ्य लाभ दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन।
विश्व कोरोना महामारीले एकै ठाउमा सबै समुदाय जमघट भई संयुक्त रुपमा मनाउन असहज भएता पनि जो जहाँ छौ त्यही बसेर चाडबाड मनाउ आफू पनि सुरक्षित बनौ अरुलाई पनि सुरक्षित बनाउ भन्ने आग्रह समेत गरेका छन। बिगतका बर्षहरुमा बिशेष गरि गोकर्णेश्वर स्थित राष्ट्रिय सहिद तथा शान्ती पार्क यज्ञडोल( जगडोल) सामुदायिक वनमा किरातधर्म संग आस्थावान बिभिन्न संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम गरिन्थ्यो भने यो बर्ष कोरोनाका कारण स्थगित गरिएको छ।
धार्मिक सहिष्णुताले भरिपुर्ण हाम्रो सुन्दर देश नेपालमा आज किरात समुदायको चाड उधौली /धान्यपर्ब , गुरुङहरुको तमु ल्होसार र नेवार जातिको योमरी पुन्ही/ ज्यापू दिवस हर्सोल्लासका साथ मनाईदै छ।