मुग्लानी खबर साउदी
प्रवासी नेपाली एकता मंच साउदी अरेबियाले पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको भन्दै अध्यक्ष र सचिवलाई कार्वाही गरेको छ ।
संगठनको बैठक बिनै गुटमा सहभागी भएको कारण कमिटीको बैठकले अध्यक्ष र सचिवलाई कार्वाही गरी नयाँ नेतृत्व चयन गरेको छ । सक्रिय कमिटीले अमर श्रेष्ठलाई अध्यक्ष, याम बोम्जन लामालाई सचिव चयन गरेको हो ।
वर्तमान राजनीतिक घटनाक्रम बारे सर्व विदितै हुँदा पनि गौरवशाली नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) मा केही व्याक्तिगत स्वार्थमा लिप्त भएका नेताहरूले अाफ्नै पार्टीका अध्यक्ष सरकार प्रमुख हुँदा घेराबन्दी गरि सरकारको हरेक कार्यहरूमा अाँच पुर्याउने,सरकार गिराउनलाई अनेक प्रपञ्च रच्दै खाली कागजमा हस्ताक्षर गराउँने,संबैधानिक परिषदको बैठकमा संवैधानिक दायित्व रहेको सभामुखलाई पार्टी गठबन्धन गुटको निर्देशन अनुसार अनुपस्थित गराई संवैधानिक निकायलाई निकम्मा बनाउने जस्ता घृणित कृयाकलाय देखाएको हुनाँले प्रतिनिधि सभा बिघटन गर्नै पर्ने बाध्यात्मक परिस्थिति सृजना हुन गएकोमा पीडा अनुभूति भएको बताएका छन् ।
सो घट्नाक्रमको समयमा प्रवासी नेपाली एकता मंच साउदी अरबमा अावद्ध सम्पूर्ण पार्टी बिग्रहको स्थिति नचाँहादा नचाँहादै संगठनको कुनै पनि बैठक बसेर निर्णय नगराई सचिव र अध्यक्षले सम्प्रेषण गरेको प्रेस विज्ञप्तिप्रति केन्द्रीय सदस्यहरूले घोर अापति जनाएका छन् ।
पार्टी संगठनमा मनोमानी ढङ्गले सङ्गठनलाई तहस नहस बनाउने नेतृत्वलाई अनुशासनको कार्वाही किन नगर्ने ? प्रवासी नेपाली एकता मंचका केन्द्रीय कमिटीका अध्यक्ष र सचिवलाई पदमुक्त गर्नु पर्ने वाध्यात्मक स्थिती आएको हुँदा केन्द्रीय कमिटीमा रहेका बहुमत केन्द्रीय सदस्यहरुद्वारा उनीहरुलाई सँङ्गठनको सदस्य रहने गरी पदमुक्त गरिएको जानकारी गराएका छन् ।
प्रवासी नेपाली एकता मंचमा कोही सदस्यहरु संङ्गठनमा बस्न नचाहने छन भने सँगठनमा आधिकारिक रुपमा राजीनामा पेश गरेको खण्डमा राजीनामा स्विकृत गर्ने छ ।
साथै हालसम्म सँङठनको नाममा कसैले आर्थिक लेनदेन गरेको भए स्वयं लेनदेन गर्ने ब्यक्ति नै जिम्मेवार हुने जानकारी दिएको छ । मंचको अबको नेतृत्व सम्बन्धमा तपशिल बमोजिमको बहुमत केन्द्रीय सदस्यहरुको उपस्थितिमा 25 डिसेम्बर 2020मा बसेको अनलाईन वैठकमा गहन छलफल गरी तपशिल बमोजिम नवनेतृत्व सहितको केन्द्रीय कार्यसमिति सर्वसम्मतले मनोनित गरिएको जानकारी दिएका छन् ।
वैठकमा सहभागी तपशिल बमोजिमको बहुमत केन्द्रीय सदस्यहरु ः
अध्यक्ष क. अमर श्रेष्ठ
सचिव क. याम बोम्जन लामा
क. बलराम गीरी (पूर्वअध्यक्ष)
क. कमलप्रसाद खरेल
क.कृष्ण कार्की
क. ओम घले
क. रुद्रकुमार कार्की
क. किशोर राई
क. ईश्वर तामाङ
क. रमेश गिरी
क. राजेन्द्र खत्री
क. अच्युत बोगटी
क. रामबहादुर क्षेत्री
क. बसन्त राई
क. अञ्जान सुब्बा
क. ऋषिराम भटराई
क. मोहम्मद ईकवाल
क. प्रदिप केसी
अभिवादन सहित !
प्रवासी नेपाली एकता मंच साउदीको विज्ञप्ति तल हेर्नुस .