शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी,नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरी नेपाली कांग्रेसका महासमिति सदस्य एबम शिवपुरी बालुवा खानेपानीका संस्थापक आत्माराम पौडेल, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल आनन्द संघका छुकी लामा स्थानीय समाजसेवी तथा ज्येष्ठ नागरिक काशिनाथ पौडेल लगायत शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी सहित स्थानीयको सहभागिता रहेको थियो।कार्यक्रमको अध्यक्षता शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष अंगुर पौडेलले गरेका थिए भने कार्यक्रम संचालन राजकुमार केसीले गरेका थिए।
कार्यक्रममा शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिक सचिब सुमन थापाले प्रगति प्रतिबेदन प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।कार्यक्रममा शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिकि कोषाध्यक्ष रोनी केसीले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै स्थानीय समाजसेवी तथा ज्येष्ठ नागरिक काशीनाथ पौडेलले समाज सेबि तथा शिक्षाप्रेमी आत्माराम पौडेल, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे तथा पुर्व सभासद स्व. चक्र बहादुर ठकुरी आनन्द संघ लगायत बिभिन्न सरोकारवालाहरुको सहयोगमा स्थापना भएको शिवपुरी वालुवा खानेपानी समितिले समयक्रम संगै विभिन्न आरोह-अबरोह खेप्दै हालको अबस्थामा आइपुगेको बताए।
बिगतमा बौद्ध तिन्चुले देखि कपन बेख सम्म पुगको खानेपानी केहि कठिनाइका कारण जगडोल पेरिफेरीमै हाहाकार भएको तितो अनुभब सुनाउदै पुन संस्थागत गरिआधुनिक पद्धतिमा लैजानु पर्छ भन्ने उद्देश्यका साथ स्थानिय समाज सेवी ठाकुर प्रशाद पौडेलको नेतृत्वमा बनेको शिवपुरी वालुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धेरै परिवर्तनको सुरुवात गरेको बताए उनले ठाकुर प्रशाद पौडेल पश्चात प्रकाश मणि पौडेल हुदै अंगुर पौडेल सम्म आइपुग्दा समितिले उल्लेख्य प्रगती,पारदर्शिता र योजनाहरुले गति लिएको बताउदै सस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा शिवपुरी बालुवा खानेपानीका संस्थापक अध्यक्ष स्व, चक्रबहादुर ठकुरीलाई मरणोपरान्त सम्मान गरेको थियो भने त्यतिबेलाकाका सस्थापक सदस्य तथा अध्यक्षहरुलाई समेत बिशेष सम्मान गरिएको थियो।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आजको दिन सम्म आइपुग्दा शिवपुरी बालुवा खानेपानी समितिले धेरै प्रगति गरेको र सो समिति मार्फत धेरैजना लाभान्वित भएको बताए।
उनले आरुबारी कपन सम्म पानी वितरण गर्दै आएको समितिले बिभिन्न समयमा आरोह अवरोह पार गरेको स्मरण गरेका थिए ।उनले सो समिति स्थापना गर्दाको क्षण स्मरण गर्दै त्यति बेला र अहिले धेरै विकास भएको धारणा राखेका थिए । उनले बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिका को सिमानामा रहेको सो समितिले दुवै तर्फ सेवा प्रदान गरिरहेको हुँदा दुवै नगरपालिकाले मिलेर त्यसको विकासमा सहयोग गर्ने बताएका थिए ।कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए।
अध्यक्षताको आसन बाट बोल्दै शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष अंगुर पौडेलले सो समिति मार्फत करिब ३ सय भन्दा बढी घर धुरीहरु खानि पानी बाट लाभान्वित भइरहेको बताए। उनले अझै पनि धेरै कठिनाइहरु रहेको भन्दै सबैको सहयोगमा मिटर जडान सहित आधुनिक वितरण प्रणाली अगाल्दै सबैको सल्लाह सुझाबको आधारमा आगामी योजनाहरु समेट्दै लाने बताए। उनले सातौ बार्षिक साधारण सभा सम्म आइपुग्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।