हरेक मान्छेको सम्पुर्ण जिवनको संघर्ष गर्नुको कारण नै खुशी र सुख हो। प्रत्येक मान्छेले हरेक गतिबिधीहरुमा आफ्नो अनि परिवार समाज र समग्र देशको खुसी अनि सुखको परिकल्पना गर्दछ।
मान्छे सुख र खुसीकै सपनामा भौतारिरहेता पनि बेला बखतमा समय परिस्थितिलाई बुझ्नुपर्दछ र त्यही अनुरुप अगाडि समेत बढ्नुपर्दछ।लक्ष्य एउटा भएता पनि त्यो लक्ष्य प्राप्त गर्न के गर्नु पर्छ भन्ने कुराको जानकारी नहुनु अथवा खुसी र सुखको लागि अन्धाधुन्ध हिड्नुले भनेको "कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर" भने जस्तै हो।बिश्वमा अरबौ सम्पतिका मालिक गाडी,महल सबै कुराबाट सम्पन्न मानिसहरु पनि खुशी हुन सकेका छैनन।तर कुनै मान्छे गरिब भएता पनि सानो झुपडीमा आनन्दले खुशी साथ ब्यतित गरिरहेको हुन्छ। धन सम्पत्ति आय आर्जन गर्ने होडबाजिमा रहेको बिश्व दुनियाँमा सुख र खुसीको प्राप्तिको माध्याम पैशा होईन भन्ने स्पष्ट छ तर कतिपय मान्छेलाई अन्योलता छाईरहेको छ।खुशी प्राप्त गर्न कतिपय मान्छेहरुले बेलैमा पत्ता लगाएर जीवन भर खुशी रहन्छन भने कोहि जीवन भर खुशी खोज्दै जीवनभर दुखमा रहन्छन !यदी हामिले सानो सानो कुरामा ख्याल गरेर त्यही अनुरुप अगाडि बढ्ने हो भने हामी खुशी सहजै प्राप्त गर्न सक्छौ।
यस्ता छन केही महत्वपुर्ण खुसी हुने बुदाहरु:
१. सिमित चाहाना गर्नु:
मानिस सुखी नहुनुको एउटा प्रमुख कारण हाम्रा इच्छा र चाहनाहरु असिमित बनाउनु पनि हो । हाम्रा असिमित इच्छा र चाहनाहरूले हामी लाई सधैं दुखको बाटो तर्फ आग्रसर गराई रहेको हुन्छ । एउटा कुराको प्राप्तिसँगै असिमित इच्छा र आकांक्षाहरूले पुन हामीलाई अर्को कुरा प्राप्तिका लागि लालायित गराउनाले पुनः हामी दुखकै बाटो तर्फ धकेलिन पुग्दछौं । हाम्रा इच्छा र आकांक्षाहरूलाई बढी नै नियन्त्रण गरेर सुखी हुन खोज्नु पनि हाम्रो ठुलो मुर्खता हुन सक्दछ । यो संसारमा जति पनि सफल मानिसहरू छन् ती सवै सिमित चाहना राखेर जीवनमा सुखी भएका छन् ।
२.बिहानीको शुरुवात संगै मुस्कुराउनु:
हरेक दिन, आफ्नो दैनिकीमा थप ३ पटक मुस्कुराउनुहोस् । अभ्यास सारै सजिलो छ र यसको प्रतिफल निकै गहिरो पनि छ । एक छोटो मुसुक्क दिएको हाँसोले हाम्रो मस्तिष्कमा संकेत दि हाल्छ कि तपाई एक खुसी र सुखी प्राणी हो । जस्तै आफ्नो अफिस जादाँ अथवा केटाकेटीलाई स्कुल पुर्याउन जादाँ, कतिपय अनुहार सधैं देखिन्छन ।
सधैं एकै समय, एकै स्थान तर्फ लम्कने ती अनुहार देख्दा बिना केहि सोचेसम्झे, हाम्रो ओठ आफै तन्किन्छ( मुस्कुराउँछ । यो प्रकृतिको एक शक्तिशाली बरदान हो । जसले आजको आधुनिक भाषामा भन्नु पर्दा हाम्रो सम्बन्ध (नेटवर्क र रिलेसन) आफैं बढाउँछ । मुस्कानको अभ्यासले सामाजिक सहयोग र सुरक्षाको भाव पनि बलियो बनाउँछ । यसलाई तपाई नियमित योग अभ्यासको रूपमा पनि लिन सक्नुहुन्छ । अनि फेरि अर्को रमाईलो कुरा, मुस्कान एक सरुवा रोग हो । रुघा खोकी जस्तै छिटो अरुलाई सरिहाल्छ ।
अब मात्र ३ पटक मुस्कान जबरजस्त केहि दिन थप्ने प्रयास गरौं त । बरु राति राति केटाकेटीलाई न्यास्रो हुने गरी नेटवर्क र रिलेसन बनाउँन कक्टेल पार्टी जान कम गरे हुन्छ ।
३. सकरात्मक सोचाई गर्नु :
हरेक दिन ३ जना फरक साथी वा कोहि पनि चिनजानको व्यक्तिको उहाँ कै अगाडि प्रशंसा गर्नुहोस् । जस्तै, ‘तपाईको मुस्कान कस्तो राम्रो’, ‘अरुलाई सहयोग गर्ने तपाईको बानी मलाई मन पर्छ’, ‘तपाईले हरेक दिन मज्जाले पानी पिएको देख्दा मैले पनि यस्तै बानी सिकें ।’ तर याद राख्नुस्, यस अभ्यासले काम गर्नका लागि प्रशंसाका शब्द असलभावका साथ मनबाटै आएको हुनुपर्छ । जीवनको एक नयाँ अर्थ तपाईसामू पक्कै आउँछ ।कसको जिन्दगीमा नराम्रा कुराहरु घट्दैनन् र ? जिन्दगी भनेकै दुख र सुखको चक्र हो । दुवै आउँने र जाने गरिरहन्छन् । यस्तोमा हामीले सम्झनामा केवल राम्रा कुराहरु मात्रै राख्ने हो । नराम्रा कुराहरुबाट पाठ सिक्ने हो र घटनालाई बिर्सिदिने हो ।यदि सधैभरि दिमागलाई राम्रा कुराका मात्र स्मरण गर्न लगाउने हो भने, नकारात्मक कुराले कहिल्यै ठाउँ पाउदैनन् । सकारात्मक कुराले दिमागका प्रत्येक भागलाई सकारात्मक कुरा सोच्न प्रेरक बनाइदिन्छ ।
४. दिनहु व्यायाम गर्नु:
कसरत शरीरका लागि मात्र आवश्यक छैन। नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुशीमा बदल्न मद्दत गर्छ।थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ। ५ मिनेट पनि आङ तन्काउनुभयो भने हल्का हुन्छ। त्यसैगरी हिँड्ने बानी बसाल्न सक्नुहुन्छ।रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ। त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ। नृत्य गर्नुहोस्, आफ्नो मन परेको खेलकुद खेल्नुस् खुशी भइन्छ।
५. आत्मबिश्वासमा बृद्धि गर्नु:
म कुनै पनि काममा खराब छु, मैले त केही पनि जानेको छैन, मेरो जन्म त व्यर्थ नै भनेर नबसौं । आफूमा भएको तागतलाई चिनौं । जसरी अपाङग भनिएकी झमक घिमिरे कुशल साहित्यकार बनिन् । जसरी धेरै पटक एस एल सी फेल भएका हरिवंश देशका राम्रा कलाकार बने । त्यसरी नै आफु पनि केहि गर्न सक्छु भन्ने सोचौँ । आफुमा कति सामार्थ्य छ भन्ने थाहा पाउँने तरिका हो, आफुमा विश्वास गर्नु । यदि आफुमा विश्वास छ भने नयाँ कुरा सिक्न वा आफ्नो क्षमतालाई तिखार्न सकिन्छ जसले जिन्दगी कायापलट गराउँछ र खुशी पनि दिन्छ ।
६. सामाजिक सञ्जालको दुरपयोग नगर्नु:
फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालले मानिसमा बढी नकारात्मक कुराले असर पारेको हुन सक्छ । यी यस्ता माध्यमहरु हुन् जसले खराब समाचार असाध्यै चाँडो फैलाउँछन् । त्यस्तै बढि लाइक पाउँन मानिसहरु सतही र आडम्बरी बन्दै गएको पनि देखिन्छ । सामाजिक सञ्जालका यस्ता असरबाट बाहिर निस्किन सके राम्रो हुन्छ । यसले तपाईलाई कृत्रिमताबाट प्राकृतिक बन्न सघाउँछ । देखावटी र आडम्बरी कुराले जीवन दुखी बनाउँछ, खुशी हुने बाटो रोक्छ ।
८.सहयोगी भावना हुनु:
अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो। ुकन्सर्ट, घडी, जुत्ता लगायतका वस्तुमा खर्च गर्ने मानिस र सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी थिए,ु द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ।
७.ध्यान जप आराधना गर्नु :
ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। मानिसलाई शान्त बनाउँछ। ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्। ध्यानले दिमाग स्वच्छ हुन्छ र तनाव पनि घटाउँछ, साउन एकर पुस्तक द एडभान्टेज अफ ह्याप्पिनेसमा लेख्छन्।त्यसैले ध्यान जप तथा आध्यात्मिक बाटो रोज्नेहरुको जीवन पनि सुखद रहने देखिएको छ!
यदि तपाईहरु पनि खुशी हुन चाहानुहुन्छ भने यी कुराहरुलाई जानेर मात्र हुदैन ब्यबहारमा समेत लागु गर्नुपर्दछ त्यसैले आजैदेखि आफैबाट शुरु गरौ अनि धेरै शेयर गरेर अन्य साथीहरु पुर्याउ!