लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरि र अरु २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ ।
सन् २००५ मा भएको सो घटनामा संलग्न भएको ठहर गर्दै विद्रोही समूह हेजबुल्लाका एक कार्यकर्तालाई आजीवन जेल सजाय तोकिएको हो ।
राष्ट्रसंघीय अदालतले ५७ बर्षिय सलिम अयाशलाई आजीवन जेल सजाय गर्न शुक्रबार फैसला गरेको जनाइएको छ ।
उनले आत्मघाती बम आक्रमण गर्दा अरबपति राजनीतिज्ञसहित २२ जनाको मृत्यु भएको ठहर गरिएको बताइएको छ । घटनामा धेरै जनाको मृत्यु भएकाले उनलाई अदालतले आजीवन काराबासको पाँच गुणा बढी सजायँ हुनुपर्ने जनाइएको छ ।
दर्दनाक र अति चर्चित सो घटनामा परी अरु २२६ जना घाइते समेत भएका थिए ।
उनलाई आजीवन काराबासको सजाय फैसला गर्दै राष्ट्रसंघीय अदालतका प्रधान न्यायाधीश डेभिड रेले भन्नुभयो, “श्री अयाश आम नरसंहारमा संलग्न भएको पुष्टि भएको छ, त्यसैले उनलाई आजीवन काराबासको सजाय तोकिएको छ ।”
मुद्धाको सुनुवाईका क्रममा सहभागी न्यायधीशहरूले यस घटनामा सम्लग्न दोषीलाई आजीवन काराबासको पाँच गुणा बढी सजाय हुनुपर्नेमा सहमति जनाएको पनि उहाँले जानकारी दिनुभयो ।
जघन्य अपराधमा सम्लग्न दोषीकोरूपमा अयाशलाई अदालतले अन्तर्राष्ट्रिय पक्राउ पुर्जी पनि जारी गरेको छ ।
हेजबुल्लाहका प्रमुखले भने अदालतको फैसलाप्रति आपत्ति जनाउदै पुर्वाग्रहका आधारमा फैसला गरेको आरोप लगाउनुभएको छ ।
यस घटनामा मारिनुभएका लेबनानका पूर्व प्रधानमन्त्री हरिरिले सन् २००४ को अक्टोबरमै राजीनामा दिइसक्नुभएको थियो । त्यसपछिको २००५ को फेब्रुअरीमा उहाँको हत्या भयो । रासस÷एएफपी