मुग्लानी खबर
संतोष के.सी - अर्घाखाँची नेपाल - 04 अक्टोबर 2017
फ्रेन्डस युथ एन्ड स्पोर्ट्स क्लब मालारानी गाउँपालिका बागी ५भन्डार अर्घाखाँचीको आयोजनामा दोस्रो पटक भब्य साङितिक तथा खेलकुद कार्यक्रम सम्पन भएको छ। बिजया दसमिको शुभ अवसर पारेर भएको कार्यक्रममा असोज ११ गते देखि खेलकुदका कार्यक्रम र १७ गते चर्चित राष्ट्रिय कलाकारको साथमा सांगीतिक कार्यक्रम सम्पन्न भएको हो।
अध्यक्ष दुर्योधन कुवरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा मालारानी गाउँ पालिकाका अध्यक्ष बाल कृष्ण आचार्य रहेका थिए। मन्तब्यको क्रममा आचार्यले फ्रेन्डस युथ क्लबले जुन किसिमले प्रतेक बर्ष युवा,बिध्यार्थि र यहाँका जनताहरुलाइ प्रोत्साहित गर्ने कार्यक्रम खेलकुद र सांगीतिक कार्यक्रम गर्दै मालारानी गाउपालिका लगयातका जनतालाइ मनोरञ्जन दिएकोछ यस्ता कार्यबाट आफुलाइ खुसी मिलेको र अवका दिनमा खेलकुद र सांगीतिक छेत्रबाट पनि मालारानी गाउँपालिकाको पहिचान दिलाउन सबै जना लाग्नु पर्ने बताए।
त्येस्को निम्ति संस्थाले मागेजति सहयोग गर्न नसके पनि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। मालारानी गाउँपालिका वार्ड न.५ का अध्यक्ष सोभाखर भुसाल,कार्यक्रम संयोजक पदम कुवर,पुर्व अध्यक्ष बिस्नु कुवर लगायतले पनि मन्तब्य राखेका थिए। हाजिरी जबाफ प्रतियोगितामा प्रथम हुने सिद्ध माबी बागी ५ भन्डार लाई प्रमाण पत्र र नगद पुरस्कार, क्रीकेट खेलमा प्रथम हुने टिम फ्रेन्डस (White)र भलिबल खेल टुर्नामेन्टमा प्रथम जित हासिल गर्ने बामरुक युवा खेलकुद समिती लाई भने सिल,मेडल,प्रमाण पत्र सहित नगद पुरस्कार वितरण गरिएको थियो।साथमा कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पुर्ण सहयोगि मनलाई पनि प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो। त्येस्तै स्थानिय कलाकारहरु किरण कुवर,बर्षा अधिकारी,सुमन कुवर,मनिसा कुवर,सरिता खड्का,रेखा कुवर,सिला केसि,सङिता केसि,बिमल कुवर,प्रमिला बस्नेत,अस्मिता बस्नेत र बिन्दु कुवर लगायतको सालैजु बोल्को ग्रुपिङ नृत्यले उपस्तित दर्सक लाई भरपुर मनोरंजन मिलेको थियो।
बिष्णु जि पाण्डे ( माइला बा )को हास्यब्यङ प्रस्तुतीले पनि दर्सकको मन छुन सफल रह्यो गायक तथा गायिकाहरु गिता साहा, दामोदर भुसाल,सगुन बाबुराम,मुनाल मोहित कमल खड्का,कुलेन्द्र बि.क, लगायतका कलाकारले पोखरिमा खस्यो रुमाल,सुन कथा हाम्रो दसैंको,परदेसि छोरा सम्झेर,बालै फरर,न्याउली बस्ने बन लगायतका थुप्रै गीत गाउदा दर्सकहरुले नाचेर भरपुर मनोरंजन लिए भने लगत्तै स्टेजमा आएका चर्चित तथा राष्ट्रिय कलाकार खुमन अधिकारीले आफ्ना जादुमय स्वोरमा करिपन १ दर्जन गीत गाउदा दर्सक हरुले वान्स मोर,वान्स मोर भन्दै नाचेर साथ दिएका थिए। अर्कि चर्चित कलाकार सपना गाहा मगरले पनि आधा दर्जन गीतमा स्वोर दिएकि थिइन।सभापती दुर्योधन कुवरले आफ्नो संस्थाले विभिन्न बाधा अबरोध पार गरेर आज पाचौं बर्षमा पाइला चालेको बताउँदै अझै यहाँहरुको सहयोग पाउने अपेक्षा गरेको बताए। यहाँका जनतालाइ केवल सास्कृतिक र खेलकुदमा मात्रै सिमित नराखी आउदो दिनमा सामाजिक कार्य मार्फत पनि आफ्नो संस्थाले टेबादिने बताए।
कार्यक्रममा स्वागत मन्तव्य सचिव राजेन्द्र भुसाल र संचालक बिरेन्द्र कुवरले गरेका थिए।