देशका विभिन्न भागमा राजतन्त्रको पुनस्र्थापना र हिन्दु राज्यको माग गर्दै राजावादीहरुको बढिरहेको सक्रियताप्रति कतार नेपाल एकता समाजको ध्यान आकर्षित भएको छ ।
२०१७ सालमा नेकाको सरकार र बहुदलीय व्यवस्था भएको बेलामा बिभिन्न हिन्दुवादी संस्थाहरुले त्यही प्रकारका गतिविधि बढाएका थिए र अन्तमा पौष १ गतेको काण्ड भएको थियो ।
२०४६ सालपछि पनि बहुदलीय व्यवस्थालाई समाप्त गर्न राजावादीहरुको गतिविधि बढेको थियो र २०५९ सालको माघ १९ गतेको काण्ड भएको थियो । त्यस प्रकारको पृष्ठभूमिमा अहिले देशमा बढिरहेको राजावादीहरुको गतिविधिलाई हल्का रुपमा लिनु अदुरदर्शीता हुने छ । त्यस प्रकारको गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाको लागि सबै गणतन्त्र पक्षधर शक्तिहरुको ऐक्यवद्धता आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ ।
अन्यथा, पौष १ गते र माघ १९ गतेका घटनाहरुको पुनरावृत्ति हुने र त्यसका विरुद्ध नेपाली जनताले पुनः लामो संघर्ष गर्नुपर्ने स्थितिको सिर्जना हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
अहिले राजावादीहरुलाई वर्तमान सरकारका सबै गलत, जनविरोधी र भ्रष्ट नीति तथा क्रियाकलापहरुबाट जनतामा वर्तमान सरकारप्रति पैदा भएको असन्तोष र अविश्वासबाट आफ्ना गतिविधिहरु अगाडि बढाउन मद्दत पुगिरहेको कुरा बुझ्न गाह्रो पर्दैन । निश्चय नै वर्तमान सरकारका सबै गलत, जनविरोधी र भ्रष्ट नीतिहरुका विरुद्ध जनताले दृढतापूर्वक र सम्झौताहीन प्रकारले संघर्ष गर्नुपर्दछ ।
तर हामीले के बुझ्नु पर्दछ भने वर्तमान सरकार वा व्यवस्थालाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना भएमा पनि अहिलेको सरकारका सबै गलत नीति वा क्रियाकलापहरुको अन्त हुने छैन र त्यस प्रकारका नीति र क्रियाकलापहरु अरु बढेर जाने कुरा निश्चित छ ।
अहिले राजतन्त्र आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्ने कुरा निकै उठाउने गरिएको छ ।
तर राजाद्वारा राष्ट्रियताको कहा“सम्म रक्षा ह“ुदो रहेछ भन्ने कुरा कालापानीको उदाहरणबाट मात्र पनि प्रष्ट हुन्छ । यो सबैलाई थाहा भएको कुरा हो कि, नेपालमा राजाको प्रत्यक्ष शासन भएको बेलामा नै कालापानीमा भारतीय सेना बसेको थियो र त्यसलाई त्यहा“बाट हटाउने बारेमा सम्पूर्ण पञ्चायतीकालभरि नै राजाद्वारा कुनै आवाजसम्म उठाइएको थिएन । यदि नेपालमा राजतन्त्रको पुनस्र्थापना हुन्छ भने त्यसले आफ्नो प्रतिक्रियावादी सत्ता टिकाउनका लागि भारतीय शासकवर्गहरुसित नेपालको राष्ट्रियताका विरुद्ध अरु सम्झौता गर्दै जाने कुरा निश्चित छ ।
त्यसकारण राष्ट्रियताको रक्षाको दृष्टिकोणले पनि राजतन्त्रको पुनस्र्थापना नेपालका लागि अरु अनिष्टकारी हुने कुरा प्रष्ट छ । यो वास्तविकताप्रति हाम्रो ध्यान छ कि नेकपा वा त्यसको सरकारले गणतन्त्र र धर्मनिरपेक्षताप्रति दृढ अडान लिने गरेको छ । त्यो बाहेक देशका अन्य कतिपय राजनीतिक शक्तिहरु एक वा अर्को प्रकारले हिन्दुराष्ट्र वा राजतन्त्रको पुनस्र्थापनाको पक्षमा नै देखापर्दै गइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, पुराना पञ्चहरुको संगठन हो र त्यसले हिन्दूराष्ट्र र राजतन्त्रको पुनस्र्थापनाका लागि अभियान नै चलाउने गरेको छ ।
गणतन्त्र र धर्मनिरपेक्षता ल्याउनका लागि नेपाली कांग्रेसको पनि समर्थन र सहभागिता रहेको थियो । तर अहिले त्यसभित्र हिन्दु राष्ट्र र राजतन्त्रको पुनस्र्थापनाको पक्षमा शक्तिशाली जनमत तयार हु“दै गइरहेको छ । मधेशवादी संगठनहरु पनि गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा उभिने राजनीतिक शक्तिहरु होइनन् ।
त्यस प्रकारको अवस्थामा नेकपा नै गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा उभिने प्रमुख शक्ति हो भन्ने कुरा प्रष्ट छ । तर उनीहरुमा, एकातिर, गतकालमा पटकपटक देखा पर्ने गरेको अवसरवादी चरित्र, अर्कातिर, उनीहरुभित्र अहिले चलिरहेको अन्तरकलहका कारणले उनीहरु मध्ये कुनै पक्षले आफ्नो अस्तित्वलाई जोगाउन एक वा अर्काे प्रकारले गणतन्त्र वा धर्मनिरपेक्षताप्रति सम्झौतापरस्त दृष्टिकोण अपनाउने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । राजावादीहरुले संघीयता वा त्यसको प्रादेशिक संरचना खारेज हुनुपर्ने कुरा पनि उठाइरहेका छन् । तर हामीले के स्पष्ट गर्न चाहन्छौं भने संघीयताको सही विकल्प राजतन्त्र होइन । संघीयताको सही विकल्प प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन प्रणाली नै हो ।
त्यसैले राजावादीहरुले संघीयताको विरोध गरे पनि त्यसका पछाडिको उद्देश्य राजतन्त्रको पुनस्र्थापना नै भएको हुनाले उनीहरुद्वारा संघीयताको विरोधको उद्देश्य वा प्रकृति प्रतिगामी प्रकारको नै भएको कुरा प्रष्ट छ । केही समय अगाडी कतारमा गित गाउन गएका तिन जना कलाकारहरुले रुँदै दिएको अन्तरवार्ता र रोजगार मञ्च डट कम वनलाईनमा दुतावासले नै बिचौलियाको काम गर्ने गरेको भन्ने समाचार प्रती कतार नेपाली एकता समाजको ध्यान आकर्षित भएको छ ।
त्यस प्रकारका समचारमा छानवीन गरेर दोषीहरुलाई सजाय दिन । दुतावासले प्रभावशाली प्रकारले छान विन गरेको पाईदैन उक्त्त दुईवटा बिषयमा नेपाली राजदुतावास कतारले सत्यतथ्य स्पष्ट पार्न आग्रह गर्दछौ ।
२०६२ ६३ को जनआन्दोलनको समयमा नेपालमा गणतत्र स्थापनाको लागी प्रवासबाट पनि आवश्यक सहयोग समर्थन जुटाउन कतारस्थित संघ संस्था र प्रवासी नेपालीहरुको विचमा समन्वय गरी नेतृत्वदायी भुमिका निर्वाह गरेको कुरा स्मरण गदै कतार स्थित गणतन्त्रपक्षधर शक्तीहरु र आम प्रवासी नेपालीहरु लाई एकताबद्ध हुन र सचेत रहन आग्रह गर्दछौ ।
बिष्णु थापा क्षत्री
अध्यक्ष
कतार नेपाली एकता समाज
केन्द्रियसमिती