दोहा / कतारमा रहेका ३३ नेपालि परिवारलाई यहाँको परोपकारी संस्था कतार च्यारिटीले खाद्यान्न (फुडकिट) सहयोग गरेको छ !कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली समुदायका परिवारहरुलाई कतार च्यारिटीले (फुडकिट) सहयोग गरेको हो ।
गर मिति २० नोभेम्बर २०२० मा एनसीसी कतार द्वारा जारी गरिएको सुचना अनुसार नेपाली समुदायका परिवारहरुलाई खाद्यान्न (फुडकिट) सहयोग गर्नका लागि विवरण माग भए बमोजिम एनसीसी कतार मार्फत नेपाली परिवारहरुको विवरण संकलन गरि कतार च्यारिटीमा बुझाइएको थियो।
उक्त बिबरण अनुसार कतार च्यारिटी स्वयंले सम्पर्क गरि परिवार सदस्यको आधारमा ३३ नेपालि परिवारलाई १३२ फुडकीट हस्तान्तरण गरिसकेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले मुग्लानी खबर लाई बताए ।
कतारमा रहेका आप्रवासी समुदायका परिवारहरुलाई कतार च्यारेटीले खाद्यान्न ( फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारलाई पनि सहयोग गरेको मुसलमानले बताए !
साथै सहयोगका लागि विवरण दिएको तर फुडकीट प्राप्त नगरेका कोहि नेपाली परिवार भएको खण्डमा एनसीसी कतारमा सम्पर्क गरि तल उल्लेखित मिति,स्थान र समयमा उपस्थित भई सहयोग संकलन गरिदिन सस्थाका महासचिव पदम गिरिले सबैमा अनुरोध गरेका छ्न ।
मिति: १३ डिसेम्बर २०२०, आइतबार
समय: दिनको ३ बजे देखि ५:३० बजे सम्म
स्थान: अल अहलि स्पोर्ट्स कल्ब दोहा