कतारी श्रमिक नेपाली ड्यास्पोरामा नेपाली श्रमिकहरुको आगमनसँगै नेपाल र नेपालीहरुको पहिचान, भाषा, साहित्य, कला संस्कृति, गीतसंगित र सामाजिक क्रियाकलापको सुरुवात भयो । यो नबिनतम सुरुवातसँगै सरल, सहयोगी र साहित्यकार स्वर्गीय शिखर बैद्यको ०१ मार्च १९९८ मा कतार प्रबेश भयो ।
कतारमा कार्यरत नेपालीहरुको प्रतिष्ठा र पहिचानमा वहाँको आगमनले नयाँ आयाम थप्यो । सामाजिक संस्थाको स्थापना, एनआरएनएको स्थापना, साहित्यिक संस्थाको उदय, नेपाली नियोगस“गको समन्वयमा उल्लेख्यनीय भूमिका रह्यो । वहाँको यो सत्कर्मलाई सधै सम्झिरहन अथवा शिखर बैद्यलाई अजरअमर बनाई राख्नको लागि वहाँद्वारा कतारमा स्थापित र गठित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरले वहाँको सम्मानमा “अनेसास शिखर पुरस्कार” को अवधारणा ल्याएका थियो ।
कतार एक अस्थायी ड्यास्पोरा हो । अझ नेपालीहरुको लागि यो प्रवास हो । नेपालीहरु कतारमा स्थायी बसोबासका लागि कोहि आएका हैनन् । यहाको कानूनले पनि यो अनुमति दिएको छैन । तसर्थ कतार पुर्णरुपले ड्यास्पोरा हैन । यहाँ गरिने नेपाली गतिबिधिहरु प्रवासी र रेमिट्यान्स गतिबिधि हो । अनेसास कतार च्याप्टरले प्रवासमा रहेर नेपाली भाषा, संस्कृति, कला, साहित्य, गीतसंगितमा योगदान पु¥याउनु हुने एक ब्यक्तिलाई हरेक बर्ष साहित्यकार स्वर्गीय शिखर बैद्यको जन्म जयन्तिको अवसर पारेर “अनेसास शिखर पुरस्कार” घोषणा गर्ने छ ।
यो पुरस्कारको स्थापना कतारमा भएको हुनाले यो पहिलो संस्करण कतारबाटनै सुरुवात गर्ने दुबै पक्षबिच सहमति रह्यो । कतारको साहित्यिक ईतिहास दुई दशकभन्दा लामो रहेको छ । संस्थागत साहित्यको सुरुवात साहित्यकार शिखर बैद्यबाटनै भएको हो भन्दा सम्भवतः फरक नपर्ला । त्यसैले यो दुई दशकको कतारको साहित्यिक गतिबिधि, योगदान र निरन्तरता हाम्रो प्राथमिकतामा रहेको छ । यो पुरस्कारको उदेश्य प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगितमा समर्पित एक उत्कृष्ट श्रष्टालाई हरेक बर्ष पुरस्कृत गर्ने रहेको छ । त्यसैले अहिले हाम्रो छनौटमा पर्नु भएका सबै श्रष्टाहरु आगामी बर्षहरुमा पनि पुरस्कृत हुन सक्नु हुनेछ । तर एक पटक पुरस्कृत भईसकेको श्रष्टा फेरि पुरस्कृत हुने छैन ।
यो बर्षको “अनेसास शिखर पुरस्कार—२०७७” साहित्यकार बिनोद खड्कालाई पुरस्कृत गर्ने निर्णय गरेका छन । तीन दशकदेखिको निरन्तर लेखनमा संलग्न रहनु भएका खड्का सन २००५ मा कतार प्रवेश पछि निरन्तर प्रवासी बिसयबस्तुमा केन्द्रित रहेर लेखिरहनु भएको छ । कतारमा हुने हरेक साहित्यिक गतिबिधिमा क्रियाशिल रहनुको साथै अनेसास र नवोदितमा पनि आवद्ध हुनुहुन्छ । बिगत १५ बर्षदेखि कतारमा कार्यरत साहित्यकार बिनोद खड्काको साहित्यिक साधना र योगदान यो पुरस्कारको लागि उपयुक्त हुनेछ भन्ने हाम्रो मान्यता रहेको छ । हामी वहाँको आगामी साहित्यिक साधना र सफल जीवनको कामना सहित बधाई साथै शुभ कामना गर्दछौं ।