दोहा / टिकट खरीद गर्न नसकेर स्वदेस फर्किन नसकी अलपत्र परेका थप १४ जना पीडित नेपाली कामदारलाई हवाई टिकट सहयोग मिलेको छ ।
कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा थप १४ जना नेपाली कामदारलाई हवाई टिकट सहयोग मिलेको छ ।
पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार पाचौ चरणमा १९ नोभेम्बरका दिन एक महीना भन्दा बढ़ी एनसीसी कतारको खाना-बस्न ब्यवस्थापनमा बसिरहेका ३ जना चेलिहरू ऊमा खड़का- महोत्तरी, लक्ष्मी कुनवार- सल्यान र नीरा दरलामी- रौतहट, रहेका छ्न ।
त्येसैगरि ७ सेप्टेम्बर २०२० का दिन लामो समय देखी हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका नारायण भण्डारी - लमजुङ, १२ अक्टोबर का दिन हरि सरन मिजार-काभ्रे, केशव कुमार कार्की- इलाम, १६ अक्टोबर २०२० का दिन गजेन तामाङ्ग- नुवाकोट, पुर्सोत्तम पासवान- सिरहा, सुसमा लेपचा - ईलाम, मदन तिमिल्सिना- मकवानपुर, होमबहादुर कार्की - सिरहा, राज कुमार कपार - महोत्तरि, ४ नोवेम्बर २०२० का दिन हरि बहादुर विश्वकर्मा- पर्बत, पूर्ण बहादुर बिके- पर्बत लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले मुग्लानी खबरलाई जानाकारी गराए ।
साथै चौथो चरण सम्म ३० र पाचौं चरणमा १४ गरि अहिले सम्म ४४ जना अलपत्र नेपालीलाई हवाई टिकट सहयोग उपलब्ध गराएको र बाकीलाई पनि छिट्टै सहयोग गर्ने प्रक्रियामा रहेको जानाकारी अध्यक्ष मुसलमानले बताए I
उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्य प्रती पनि उन्ले आभार प्रकट गरे ।