कतारमा रहेका नेपाली समुदायका परिवारलाई कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालय द्वारा यहाँको परोपकारी संस्था कतार च्यारिटी मार्फत खाद्यान्न सहयोग गर्ने भएको छ ।
कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली समुदायका परिवारहरुलाई कतार सरकारले खाद्यान्न सहयोग गर्ने भएको हो ।
यहाँ रहेका आप्रवासी समुदायका परिवारहरुलाई कतार च्यारेटीले खाद्यान्न ( फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारलाई सहयोग गर्न लागेको जनाइएको छ ।
त्येसैले कतारमा रहेका नेपाली परिवारहरुको विवरण माग भए बमोजिम एनसीसी कतार मार्फत नेपाली परिवारहरुको विवरण संकलन गर्न गैईरहेको जानकारी गराउदै यहाँहरुको सम्पर्कमा रहेका त्यस्ता समस्यामा परेका नेपाली परिवारहरुको तल उल्लेखित बमोजिमको विवरण एनसीसी कतारको अफिसियल ईमेल ठेगाना [email protected] मा पठाई सहयोग गरिदिनुहुन सबैमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान आग्रह गरेका छन् ।
साथै सहयोग प्राप्तका लागि आवश्यक विवरण :
१. पूरा नाम थर
२. कतार आई डि नम्बर
३. परिवारको सदस्या संख्या
४. कतार आई डि को प्रतिलिपी पठाउनु पर्ने अध्यक्ष मुसलमान बताए
कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालयले परोपकारी संस्था कतार च्यारिटीमार्फत कोरोना भाइरसको महामारीबाट प्रभावित भएका आप्रवासी श्रमिकहरुलाई यसअघि पनि सहयोग गरेको थियो ।