गणेश क्षेत्री/ कोरोनाको कहरमै भएपनी गाउँ घर शहर बजारमा तिहारको रमझम लक्ष्मी पुजा भाईटिका जस्ता एैतिहासिक दिनहरुमा परिवारसँग नहुँदाको पीडा शब्दमा व्याख्या गर्न गाह्रो रहेछ।
हरेक बर्षदिनमा आउने तिहारमा परिवारसँग भेट्न नपाउनु केवल गाँस बाँस कपासकै लागि परदेशमा भौतारिदै हिड्नुपर्ने बिबसता त छदैछ।त्यसमा पनि कोरोना महामारीका बिरुद्धको लडाईमा १४ दिने क्वारेन्टाइन बसाई अझै पिडादायिक छ।न बाहिर निस्किन मिल्छ न साथिभाईहरु संग भेट्न नै यस्ता पलहरुले अझै पीडा थपिदिदा रहेछन।
बाध्यताले परदेशिएका युवायुवतीहरु आजको महत्वपूर्ण दिनमा परिवार संग बिछोडिन बाध्य भएका छन।सबैका आफ्नै प्रकारका तिता नमिठा अनुभवहरु छन।आफ्नै देशमा भरपर्दो जिबिकोपार्जन गर्ने अवस्था सृजना नहुदा परिवारको गाँस वास कपास शिक्षा स्वास्थ्यबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यले यहि समयमा सयौ युवायुवतिहरु आफ्ना हरेक खुशी मारेर ज्यानको बाजि लगाएर दिनहु बाहिरिन बिबस छन।
हाम्रो धर्म सस्कार र सस्कृती अनुसार दिदिबहिनी आफ्ना प्रिय दाजुभाइहरुको दिर्घायुको कामना गर्दै तेल र पानीले सात घेरो लगाई मखमली गोरुधौले सयपत्री दुबो जमराको माला लगाई हासी खुशी बस्ने दिन, परदेशिएका आफन्तहरु फर्केर मुल घरमा बसेर दिदी बहिनिहरुका हात बाट टीका थापी रमाइलो गर्ने दिन, अनि उपहार स्वरुप दिदिबहिनिहरुलाई कपडा तथा दान दक्षिणा स्वरुप पैशा दिएर खुशी आत्मियता दिदिभाईको सम्बन्ध प्रगाढ बनाउने दिनमा दिदिबहिनीहरुलाई फोनबाट कल गरेर अर्को साल संगै मनाउला यो साल यस्तै भयो चित्त बुझाउनु दुख नमान्नु ल! भन्नुको पीडा अत्यन्तै दुख प्रद छ।म उदाहरण स्वरुप एउटा पात्र हुँ।तर मजस्ता हजारौ नेपालीहरुको पीडा शाश्वत हो।
हुनत: यस्ता दशै तिहारहरु परदेशमै धेरै गए तर यो सालको तिहार अलि पृथक छ पिडादायिक छ। बिश्व यतिबेला कोरोना महामारीले थिलोथिलो भएता पनि जेनतेन लत्रीरहेको अवस्था छ।बिश्वभरीका रोजगार दाताहरुको विभिन्न कम्पनि धरासायी भएको अवस्था छ।
केही बचेखुचेको कम्पनीहरु सकिनसकी आफ्ना कर्मचारीहरुलाई बिस्तारै रोजगारमा फर्काउने प्रयत्न गरिरहेका छन।यहीँ अवस्थामा हजारौ नेपालीहरु फेरि रोजगारीमा फर्किन बाध्य छन।
यसपटक नेपाल बसाई करिब आठ महिना भयो यो बिचमा धेरै अनुभव गर्ने अवसर जुर्यो।देशमा राजनितिक परिबर्तन ठुला आन्दोलन नभएका होईनन,जनताको खुशी अमनचयनकै लागी ब्यबस्था परिबर्तनका खातिर हजारौ युवाहरुले बलिदानी नदिएका होईनन तर यी सबै त्याग तपस्या बालुवामा पानी जस्तै भएका छन।स्थानिय तहदेखी केन्द्रिय तहसम्म गरिब निमुखाहरुलाई यन,हुनेखाने पहुच पावरवालालाई चयन झनै मौलाएको छ।
उस्तै भ्रस्टाचार,अनयमितता,ब्यथिती,नारा जुलुस चक्काजाम र खुट्टा तान्ने प्रवृत्ति जिउ का तिउ छदैछ।अब यस्तै हो भने परदेशिएका युवाहरुको दशै तिहार कहिल्यै आउने छैन।दिदिबहिनिहरुका हातबाट माला लगाउने यी घाटिहरु सधै खाली हुनेछन,मखमली सयपत्री गोरधौली फुलहरु अर्थ बिहिन महत्वहिन हुनेछन र तिहार सधै फोन कलमा सिमित हुनेछ।
ए शासक हो! तिमिहरुमात्र दशै तिहार मनाउने? गरिब दुखी पिडितको मन हुदैन? सस्कार सस्कृती हुदैन? अब पनि तिमिहरुले युवाहरुलाई देशमै रोजगारी र गाँस बाँस कपासको ग्यारेन्टी गर्ने प्रयत्न गर्नुपर्दैन ? कति भ्रस्टाचारमा लिप्त हुन्छौ? कति पैशाकै लागि मर्छौ? बिर्सेउ दस बर्षे जन आन्दोलनमा त्यही जनताले तिमिहरु प्रती लगाएको गुण? याद राख तिमिहरुले जनताप्रति गरेको घात र अन्याय महँगो पर्ने निश्चित छ।