पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जग्गा सरकारको स्वामित्वमा नहुदा विकास गर्न गाह्रो भएको बताएका छन।
नेपालमा व्यक्तिको नाममा जग्गा हुनेभए पनि कतिपय देशहरुमा सबै जग्गा सरकारको नाममा हुने र व्यक्तिले चाहेमा लिजमा लिन सक्ने प्राबधान रहेको उनले बताएका छन। “अमिरिकी जस्तो देशमा पनि जग्गा निजी हुदैन, सरकारको हातमा हुन्छ । कुनै पनि व्यक्तिलाई कुनै पनि ठाउँबाट हटाउन सजिलो हुन्छ,” उनको भनाइ थियो ।
दुई पटक देशको सविधान बनाउने काममा संलग्न रहँदा आफूले सबै जग्गा राज्यकै स्वामित्वमा रहने प्रावधान राख्ने प्रयास गरेको भएतापनि पार नलागेको बताए ।
नेपालमा उपयुक्त भूमि प्रयोग नीति नभए सम्म कुन जमिनलाई कुन हिसाबले प्रयोग गर्ने वा कुन ठाउँमा वन, कृषि भूमि, प्रयोग धन्दा, सरकारी कार्यलयहरु, स्कूल, कलेज, सेवा सुविधा, अस्पताल, बजार, प्रदर्शनी हल, सामुदायिक हलहरु राख्ने हो त्यसको बारेमा थाहा नहुने बताएका छन।कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका तथा शंखरापूर नगरपालिकादूारा पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना सयुक्त रुपमा आयोजित आयोजना व्यवस्थापन उप–समितिको पहिलो बैठक उदघाटन सत्रमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बताए ।तीन ओटै नगरपालिकाबाट संयुक्त रुपमा प्रस्तावित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनालाई स्विकृती गरेको छ । “पूर्वी काठमाडौं जग्गा एकीकरण (ल्याण्ड पुलिङ्ग) आयोजना” संचालन गर्ने बताए। बैठकले क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, डिपीआर तयार गर्ने, आयोजना क्षेत्र भित्रका कित्ताहरु हक–हस्तान्तरणका लागि कित्ताकाट गर्दा ८ आना क्षेत्रफल भन्दा कम क्षेत्रफल नहुने मात्र कित्ताकाट गर्न सम्बन्धित मालपोत कार्यालयमा रोक्काका लागि कार्य आगाडि बढाउने र कार्यविधि तयार गर्ने विषयमा निर्णय भएको बताए।
नामाकरण गरी कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाको अध्यक्षतामा आयोजित व्यवस्थापन उप–समितिको कार्यविधि, २०७६ स्वीकृत गर्ने, आयोजना कार्यालयको मुकाम तोक्ने, आयोजना व्यवस्थापन उप–समितिको सदस्य सचिव तोक्ने, आयोजनाका लागि अनुमानित बजेट तयार गरी तीनवटै नगरपालिकाबाट निकासा माग गर्ने, आयोजनाका लागि आवस्यक कर्मचारी नगरपालिकाबाट काजमा खटाईने, आयोजना संचालन हुने वडाहरुको जग्गाको चारकिल्ला निर्धारण गर्ने, आयोजना क्षेत्रका सम्बन्धित जग्गाधनी तथा मोहिहरुलाई भेला गर्ने, आयोजनाको नामबाट बैंक खाता सञ्चालन गर्ने, आयोजनाका लागि कानूनी सल्लाहकारको नियुक्ति गर्ने र बैठक भत्ता निधारण गर्ने विषयमा बृहत्त छलफल भई निर्णय भएको बताएका छन।
गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले कार्यक्रममा कामहरु अगाडी बढाउदै गर्दा अब हामीले संस्थागतबाट स्विकृती पाइसकेको साथैै अब यो आयोजना अगाडी बढेको र नरोकिने भन्ने कुरा विस्वस्त हुनका लागि अनुरोध गरेका छन।यो आयोजना कुनै एक्लै गरेर हुने कुरा पनि होइन यसमा सबै वडा अध्यक्ष, सचिवहरुको ठूलो भूमिका साथ अगाडी बढनु भएको साथै धन्यवाद दिन चाहेको समेत बताएका छ्न।विभिन्न वडाहरुमा यस विषयमा धेरै कुरा भइसकेको र धेरैले जानकारी पनि पाइसकेको छ । मुख्य कुरा कसैसगँ जग्गा लिएर कुरा गर्नु पर्ने भएकाले जग्गा धनीसगँ कुरा गर्नुपर्ने बताउदै यदि जगा धनिले जग्गा नदिए दुबिधा पर्ने बताए।