मुग्लानी खबर
20 सेप्टेमबर 2017 - बुधबार
नेपाली कलाकारिता क्षेत्रलाई गुणस्तरीय तथा उच्च स्तरिय सर्भिस र मनोरञ्जन दिनुका साथै नेपाली कलाकारिता क्षेत्रलाई अन्तरास्ट्र स्तरको गुणस्तरीय बनाई सेवा प्रदान गरि दर्शक स्रोताहरुलाई भरपुर मनोरञ्जन दिने उदेश्य बोकेर सन 2016 अगस्ट मा पोखरामा स्थापित ASAP entertainment कम्पनीले इभेन्ट प्लानिङ,ब्यबस्थापन,म्युजिक भिडियो,सर्ट मुभी डकुमेन्ट्री र चलचित्र गुणस्तरीय र आधुनिक प्रबिधिबाट निर्माण गर्दै आएको छ।यसै क्रममा भर्खर मात्र अस्ट्रेलियाको सिड्नीमा ASAP entertainment को आयोजना तथा Oceania education solution sydney को प्रस्तुतीमा नेपालका चर्चित तथा ख्याती प्राप्त कलाकारहरु जि.ओ तिमिल्सिना,नम्रता सापकोटा,जोगिन्द्र पानवाला र धर्मेन्द्र परियार लगाएतका कलाकारहरुका साथमा"युथ जेस्ट-2017" भब्य रुपमा सम्पन्न गरेको छ भने अब छिट्टै "Corporate Connection"नेपालमा गर्ने भएको छ। ASAP Entertainment Pvt limited का अध्यक्ष सन्तोष अधिकारी सङ मुग्लानी खबर अनलाइन मार्फत गरिएको कुराकानी।
कुराकानी:-
सन्तोश जि नमस्कार!
नमस्कार धन्यबाद।
सन्चै आराम हुनुहुन्छ?
एकदम आराम छु यहाँलाई धन्यबाद।
यहाको ठेगाना बताइदिनु न?
मेरो घर लेखनाथ महानगरपालिका ५,हलपोल २५ पोखरा हो।
अहिले कहाँ हुनुहुन्छ नि?
हाल अस्ट्रेलिया को सिड्निमा बिगत ४-५ महिना देखि छु।
तपाईं परिवारको कुन चाहिँ छोरा हुनुहुन्छ ?
म बा आमाको पहिलो सन्तान हो।
अनि हजुरको घरमा को को हुनुहुन्छ?
मेरो बुवा आमा,भाई बुहारी ,मेरो श्रीमती र दुई छोरा।
तपाईको भाइ पनि कलाकारिता क्षेत्रमा हो कि?
होइन भाइ नेपाली आर्मी अफिसर हो।
हजुरलाई त कम्पनीको मालिक भन्छ्न कुन कम्पनी हो यहाँको?
हा हा हा हजुर मेरो RKD REAL ESTATE AND CONTRUCTION कम्पनी पोखरामा छ भने अर्को चाहिँ ASAP ENTERTAINMENT NEPAL/AUSTRALIA हो।
सन्तोष जि तपाईं कम्पनीको मालिक तथा बिजिनेस मेन हुदाहुदै पनि मोड्लिङमा त्यतिकै माहिर हुनुहुन्छ,कति वटा म्युजिक भिडियो मा अभिनय गर्नुभएको छ?
हजुर म कला र अभिनय क्षेत्रमा सानै देखि रुचि राख्ने भएकोले यो क्षेत्रमा मेरो धेरै झुकाव छ र अहिले सम्म"मेरो आखामा तिमी"र"यी दिनहरु बिते"मैले यी दुइटा म्युजिक भिडियोमा अभिनय गरेको छु।
के तपाईंको चलचित्र पनि आउदै हो?
हजुर पक्कै पनि! अब छिट्टै जि.पि तिमिल्सिनाको निर्देशनमा"आउदै जाँदै"भन्ने फिल्म तपाईहरुको माझमा आउदैछ।
के मा ब्यस्त हुनुहुन्छ नि आजभोली?
थुप्रै कार्यक्रमहरु भैइरहेका छन भर्खरै मात्र गत हप्ता Youth Jesta-2017 प्रोग्राम एकदम सफलता पुर्बक सप्पन्न गरियो।
यो कार्यक्रम गर्नुको उदेस्य के थियो नि?
यो कार्यक्रम गर्नुको उदेस्य भनेको नितान्त मनोरञ्जन दिनु र नमस्ते फाउन्डेसनको लागि आर्थिक संकलन गर्नु थियो।
नमस्ते फाउन्डेसन भनेको कस्तो सस्था हो र आर्थिक संकलन किन गर्नु पर्यो नि?
यो एकदमै बिसुद्ध सामाजिक सस्था हो शिक्षाको उज्यालोबाट पर रहेका र दासी जीवन बिताई रहेका बालबालिकाहरुलाई शिक्षा दिई आफ्नै खुट्टामा उभिने बनाउन को लागि आर्थिक संकलन गर्नु परेको हो।
यहाँलाई यो क्षेत्रमा लाग्न परिवारबाट कति सपोर्ट पाउनु भएको छ?
definitely! परिवार बाट एकदम सपोर्ट छ सबैले कलालाई बुझ्ने हुनुहुन्छ।
यहाको बुझाईमा कला के हो?
यो अन्तर हृदय देखि गरिने एउटा क्रियाकलाप हो जस्ले मान्छेलाई आकर्सित गर्नुका साथै मनोरञ्जन र सुझाव दिन्छ।
अब लगत्तै कुनै प्रोग्राम छ कि?
अब हाम्रो कार्यक्रम भनेको "CORPORATE CONNECTION" नेपालमा हुदैछ।
कहिले र नेपालमा कहाँ हुँदै छ नि?
पोखराको Royal Palm Resort मा नोभेम्बर 25 तारिखका दिन 6 बजे देखि हुनेछ।
नेपालमा कलाकारिता क्षेत्र अहिले कस्तो अवस्थामा छ?
नेपाल मा अहिले कला क्षेत्रमा राम्रै सुधार भैइरहेको छ विभिन्न टेक्नोलोजी प्रयोग भैइरहेका छ्न एकदम राम्रो तरिकाले चलिरहेको छ।
कलाकारिता क्षेत्रमा लागेर के पाउनुभयो जस्तो लाग्छ?
हजुर कलाकारिता क्षेत्रमा लागेर देश देखि बिदेस सम्मका साथी भाइ दर्सक स्रोताहरुको माया पाएको छु र यो इन्डस्ट्रीमा केही गरेर देखाउने अवसर प्राप्त गरेको छु।
धेरै संघर्ष उतारचढाव गर्दै सफलताको सिखरमा चढ्दै हुनुहुन्छ यहाँ सम्म आईपुग्नुको श्रेय कस्लाई दिनुहुन्छ?
म आफैलाई दिन चाहान्छु किनकी यो मेरो मिहेनत र लगावको उपज हो।
अन्त्यमा मुग्लानी खबर मार्फत सम्पुर्ण दर्शक श्रोतालाई के भन्न चाहानुहुन्छ?
सबै भन्दा पहिला अनलाईन मिडिया मुग्लानी खबर युनिटलाई धन्यवाद दिन चाहान्छु मलाई कुराहरु राख्ने अवसर प्रदान गर्नु भएको मा।
सम्पुर्णलाई के भन्न चाहान्छु भने म मेरो मलाई होइन हामी हाम्रो र हामीलाई भन्न सिकौ यही भावनामा बाच्न सिकौ।
अन्त्यमा मलाई माया गर्ने र नगर्ने सम्पुर्णलाई धन्यबाद दिन चाहान्छु। धन्यबाद.