काठमाण्डौ, जनताको शिक्षाय स्वास्थ्य बिकाशमा बिशेष रुपमा कृयाशिल गोकर्णेश्वर नगरपालिकाले उक्त नगरपालिकाको मातहतमा रहेका बिद्यालयका बिद्यार्थीहरुलाई बालबालिका ऐन तथा लागूऔषध दुर्व्यसन रोकथाम सचेतना कार्यक्रम सम्पन्न गरि सह्रानिय काम गरेको छ।
बालबालिका ऐन तथा लागूऔषध दुर्व्यसन रोकथाम सचेतना कार्यक्रम जोरपाटीमा न्यायिक समिति संयोजक एबम गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए।त्यसगरी बिशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, न्यायिक समिति सदस्य एबम गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारी न्यायिक समिति सदस्य एबम कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ गोकर्णेश्वर नगरपालिका प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरे, लेखा शाखा प्रमुख रामजी रायमाझी, प्रशिक्षक,बिनयकुमार पण्डित,प्रशिक्षक राधिका लामिछाने लगायत कर्मचारी र सिमित विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कलिला किशोरकिशोरी तथा स्कुले बालबालिकाहरु लागूऔषध प्रयोग गर्न थाल्नु ,कुलत, दुर्ब्यसनी,हत्या हिंसा,बलात्कार जस्ता जघन्य अपराधमा समेत फस्नुका पछाडि के कस्ता कारण हुन सक्छन? जस्तै साथीहरूको संगत, तिनको दबाब, गरिबी, बेरोजगारी, अवसरबाट वञ्चित, एक्लोपन, मानसिक तनाव आदि कारणबाट अभिप्रेरित हुने र समयमै बालबालिकालाई यसको जिवनमा दीर्घकालीन रुपमा पर्न जाने असरको बारेमा बाल मस्तिष्कले सोच्न नसक्ने भएकोले बेलैमा तिनीहरूलाई लागूऔषध प्रयोगबाट आफ्नो स्वास्थ्य, सामाजिक, आर्थिक लगायत क्षेत्रमा पर्ने प्रभावका सम्बन्धमा समयमै शिक्षा दिनु अत्यावश्यक ठानी नगरपालिकाले त्यस्ता सचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी गराएका छन।
त्यसैगरी कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका उप प्रमुख तथा न्यायिक समिति संयोजक शान्ति नेपालले नगरपालिकाले बिध्यालयका बिद्यार्थीहरुलाई बाल ऐन सम्बन्धि जानकारी गराउन सो कार्यक्रम आयोजना गरिएको प्रष्ट पारिन। नेपालको संविधान, २०७२ तथा शिक्षा सम्बन्धी विविध दस्तावेजहरुले समेत शिक्षा प्राप्त गर्न पाउने बालबालिकाको अधिकारलाई स्थापित र मार्गनिर्देश गरेको बताउदै बालबालिकाको सर्वाङ्गीण विकासका लागि विना कुनै भेदभाव गुणस्तरीय शिक्षा पाउनु पर्ने आवश्यकतालाई बाल अधिकार सम्बन्धी महासन्धीले समेत आत्मसाथ गरेको बताएकी थिईन।
सिकाइमा दूर्ब्यबहार यातना र शारीरिक तथा मानसिक सजाय नगरी वैकल्पिक उपायहरु अपनाउनु पर्ने भन्दै सबै बालबालिकाको सुधारको लागि समय, संयमता, समझदारी र सहभागितालाई ध्यान दिनुपर्ने जानकारी गराइन ।उनले बालबालिकामाथि हुने हिंसा, शोषण, दुर्ब्यब्यबहार जस्ता अधिकार उल्लंघनका घटना हुन नदिन रोकथामका उपायहरू अवलम्बन गर्न या त्यस्ता घटना भए गरेमा सोकाविरुद्ध मुद्दा उठान गर्न, त्यस्ता घटनाविरुद्ध बहस, पैरवी गर्न तथा पीडित तथा प्रभावित बालबालिकालाई आवश्यक सेवाहरू उपलब्ध गराउनका लागि नगरपालिकाले बिभिन्न काम गर्दै आएको समेत बताएकी थिईन।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेले बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै लागू औषधको सेवनले मानव शरिरमा हुने असर, र यसको बेचबिखन तथा औसार पसारले समाजमा पुर्याउने असरको बारेमा जानकारी गराएका थिए। उनले लागूऔषध दुरुपयोगका कारण सामाजिक तथा मनोवैज्ञानिक समस्या पैदामात्र नभएर हत्या, लुटपाटलगायत आपराधिक क्रियाकलाप समेत वृद्धि हुने बताए । लागू पदार्थको कुलतले गर्दा कैयौं ऊर्जाशील नागरिकहरूले ज्यान गुमाएका छन्, घरपरिवार विखण्डित बनाएका छन्, मान प्रतिष्ठा, धन सम्पत्ति गुमाएको बताए । यसरी लागूऔषध प्रयोगका कारण व्यक्ति र परिवारदेखि सिंगो राष्ट्रसम्मले ठूलो क्षति व्यहोर्नु परेको उनले स्पष्ट पारेका थिए।