काठमाण्डौ,गोकर्णेश्वर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि गोकर्णेश्वर महादेव मन्दिरमा कोरोना विशेष क्षमा पुजा कार्यक्रम सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा वडा न. ४ को सहआयोजनामा भएको उक्त क्षमा पुजा कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदश्य जयराम मगर को सभापतित्वमा भएको थियो।
त्यसैगरी नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्य तथा नगरपालिका उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य,गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, ६ का वडाअध्यक्ष रमेश अर्याल ७ का वडा अध्यक्ष केशब गुरुङ,वडा नं ९ का वडा अध्यक्ष राजिब थापा , गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, धार्मिक समिति संयोजक दिवाकर भण्डारी मन्दिरका मूल भट्ट जगदीश चन्द्र भट्ट छाना निर्माण समितिका अध्यक्ष कोमल बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
क्षमा पूजाको उद्घाटन सत्रमा कान्तिभैरव गुरुकुलका बटुकहरुले बौद्धिक मंत्रोच्चारण गरेका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर महादेव मन्दिरका मूल पुजारी जगदीश चन्द्र भट्टले मन्दिरकै नामबाट नगरपालिकाको नामाकरण भएको सो महादेव मन्दिरमा कोरोना सुरू भए यता नित्य पूजा बाहेक कुनै ठुलो पूजा नगरिएको बताए ।बिश्वभरी कोरोना माहामारीले आक्रान्त बनाईरहेको क्रममा नेपालमा पनि तिब्र वृद्धि भैइरहेको छ।
कोरोनाबाट सम्पुर्ण नेपालीहरुको उन्मुक्ति हओस कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस र कोरोनाबाट संक्रमित सम्पुर्ण नेपालीहरूको स्वास्थ्य लाभको कामना स्वरुप कोरोना क्षमा बिशेष पुजा गरिएको थियो।
अत्यन्तै संक्षिप्त रुपमा आयोजित उक्त बिशेष क्षमा पुजा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले क्षमा पुजाले मात्र कोरोना संक्रमण नियन्त्रणमा आइ हाल्ने त होइन तर नेपालमा बहु संख्याक हिन्दु छन, हिन्दु भएको नाताले हाम्रा धेरै धार्मिक बिस्वास रहेको हुँदा त्यो धार्मिक बिश्वासलाइ मान्नु पर्ने बताए।
उनले पहिले हाम्रा पुर्खाहरुले महामारीको समयमा महामारी कम गर्न क्षमा पुजा गर्ने गरेको बताउदै कोरोना महामारीको बेलामा क्षमा पुजा त परै जावस कतिपय मन्दिरहरुमा नियमित पुजा समेत रोकिएको बताए। उनले गोकर्णेश्वर नगरपालिकाको नामकरण समेत सोहि मन्दिरको नाम बाट भएको हुँदा कोरोना बिशेष क्षमा पुजा गरेको बताए।
आउदै गरेको दिपावली छठ लगायतको पर्वहरु सचेत एबम सुरक्षित हुदै मनाउन आग्रह सहित शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य बालकृष्ण श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन ईश्वर पाण्डेले गरेका थिए।