काठमाडौंको शैक्षिकहबको रुपमा परिचित चावहिल क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै उलेख्य रुपमा यस कलेजले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विनायक सिद्ध कलेज छोटो अवधिमै सबैको रोजाइमा पर्न सफलभएको छ । यस कलेज नयाँ म्यानेजमेन्टद्वारा संचालित कलेज हो। विगत दुई वर्षको अवधिभित्र यस कलेजले विद्यार्थीहरुको माझ नयाँ शैक्षिक आयामहरुलाई सिकाइमा जोड्दै आफ्ना सम्पूर्ण शैक्षिक गतिविधीहरु सन्चालन गर्दै आइरहेको छ ।
माध्यमिक शिक्षा अन्तर्गत प्रोग्रेसिभ मा.वि. र त्रिभुवन विश्वविद्यालय अन्तर्गत विनायक सिद्ध कलेज (भिएस कलेज) को नामले सञ्चालित यस संस्थामा हाल १७०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कलेजले +२ तहमा व्यवस्थापन, मानविकी, कानुन, शिक्षा र स्नातक तहमा व्यवस्थापन -BBS_ / र मानविकी तर्फ -BA, BASW लगायतका त्रि.वि.को कोर्षहरु सञ्चालन गरिरहेको छ । निकट भविष्यमा BBA, BHM, BCA, BBM, BED, MBS / MBA लगायत विविधि कोर्षहरु संचालन गर्ने योजना रहेको कलेजले बताएको छ ।
विनायक सिद्ध कलेजले फुटबलर अविषेक रिजाललाई आफ्नो विद्यार्थीसँगै Sports Brand Ambassador को रुपमा पनि भित्र्याएको छ । त्यससँगै फुटबल खेलाडीहरु नेपाल पुलिस क्लबका कप्तान तथा मिड फिल्डर हेम तामाङ, एन. आर. टि. का कप्तान विक्रम धिमाल, मछिन्द्र क्लबका रेजिन सुब्बा, पुलिस क्लबका रोशन खड्का, मानबहादुर तामाङ सँगै युवराज राईले पनि विनायक सिद्ध कलेज नै रोजेका छन् ।
कोरोना भाइरस वा कोभिड–१९ को मार संसार भरका सबै शैक्षिक संस्थाहरुमा परिरहेको अवस्थामा पनि आफ्ना विद्यार्थीहरुलाई अनवरत रुपमा यस कलेजले विभिन्न उपायहरु अपनाएर अनलाइन तथा अफलाइन कक्षाहरु सञ्चालन गर्दै सिकाइलाई प्रभावकारी रुपमा अघि बढाइरहेको छ । विद्यार्थीको घुइचो बढेको कारण नयाँ भवन निर्माण गर्न कलेज प्रशासन लागिपरेको छ। अहिले मात्र हैन यो भन्दा अगाडीको बर्षहरुमा पनि बिभिन्न विधाका बिद्यार्थीहरुले विनायक सिद्ध कलेज नै छनोट गर्नुभएको थियो।
विशेष गरि नेसनल प्लेयरः आशिस लामा, सुरज ज्यु ठकुरी, आदिल हमिद, सुमित आले लगाएत धेरै फूटबल प्लेयरहरु साथै १३ औँ एसियन गेम का गोल्ड मेडलिष्ट पुनम श्रेष्ठको रोजाइ पनि विनायक सिद्ध कलेज नै परेको छ । साथै नेपालमा सानै उमेरमा एन्फा रेफ्री हुनु भएका हरिश कार्की, सपन बस्नेत संगै रोबिन बुढाथोकी तथा कन्चन तिमिल्सिनाको रोजाई पनि विनायक सिद्ध कलेज नै बन्यो । गुणस्तरीय शिक्षालाई अर्जुन दृष्टि बनाएको कलेजले दक्ष जन शक्ति उत्पादन गरी देशको समग्र विकासमा योगदान गर्ने गरी विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ ।
कलेजले सम्पूर्ण पठन–पाठन प्रविधिमय, व्यवहारीक तथा प्रयोगात्मक बनाई अध्ययन अध्यापन गराउँदै आइरहेको छ । कलेजको यो नविन आयमले विद्यार्थीहरुलाई रुचि पूवर्क लिई उनीहरुले समग्र शैक्षिक उपलब्धि हासिल गर्न लागि परेका छन् । विनायक सिद्धलाई चिन्नेहरुले पनि आफ्नो भनेका छन् 'अकबरी सुनलाई कसी लगाउनु पर्दैन'। विनायक सिद्धको व्यवस्थापन, शिक्षण सिकाई क्रियाकलापका साथसाथै विद्यार्थीहरुको चौतर्फी विकासका लागि कलेजले निभाउनु भुमिका प्रति कलेज प्रतिबद्ध रहेको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले बताए । त्यससँगै उत्कृष्ट नम्बर लिई पास गरेर आएका बिद्यार्थी हरुको पनि रोजाइ विनायक सिद्ध कलेज बनेको छ ।
पढाइ, लेखाइ र खेलकुदमा मात्र नभई, नृत्य तथा गायन विधामा समेत अब्बलविद्यार्थीहरुको रोजाइ बनेको यस कलेजमा RIO ChhamChhami Season-4 का विजेता नेसन सुस्लिन मगर, SEE Dance Championship Season 2 का विजेता प्रदिप गोले तामाङ, फर्स्ट रनरअप सरस्वति धिमाल, सेकेन्ड रनरअप रमा विश्वकर्मा लगायत १० जना टप फाइनलिष्टको रोजाई पनि विनायक सिद्ध नै रह्यो । त्यसै गरी नृत्य कलाकारको रुपमा परिचित डान्सरहरु निशा तामाङ तथा आशिष तामाङको पनि गन्तब्य विनायक सिद्ध कलेज रहेको छ । मोडलिङमा पनि विनायक सिद्ध कलेज रोज्नेको कमी छैनन ।
कलाकारर मोडल तथा सेलेब्रिटिहरु मुना गौचन, राष्ट्रिय तथा अन्तराष्ट्रिय मोडल सुस्मिता थापा, X-Factor Model 2018 मा दोस्रो हुन सफल सालु फम्बोहाङ्मा,Mr and Miss Model-2019 का प्रभास स्याङ्तान, Miss Himalayan की विजेता रिजा महर्जन साथै Face of Plus Two-2019 को सेकेन्ड रनरअप सायरा कार्कीको पनि छनोट विनायक सिद्ध नै रह्यो । यसका अलवा सानै उमेरमा गिती एल्बम् निकाल्न सफल गायिका प्रेगिसा पौडेल तथा र्यापर कपिलजंग क्षेत्रीको पनि रोजाई विनायक सिद्ध कलेज नै रह्यो ।
विद्यार्थीहरुमा रहेको अन्तर्निहित क्षमतालाई प्रष्फुटन गराउन कलेजले कुनै पनि विषयमा वा विधामा सम्झौता नगर्ने र आफ्ना विद्यार्थीहरुको रुचि क्षमता तथा लगनशिलतालाई अझ प्रोत्साहन दिनका लागि कलेजले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइहरेका छन् ।हालसालै यस कलेजले V.S. Poetry Weekend-2020 सञ्चालन गरि ३० जना विद्यार्थीहरुबाट आएका २१० कविताहरु मध्ये उत्कृष्ट १० अङ्ग्रेजी तथा उत्कृष्ट १० नेपालीकविता छनोट गरि विजेताहरु कलेलको आधिकारीक पेज (www.fb.com/vscollegektm) मार्फत घोषणा गरिएको थियो ।
विद्यार्थीहरुको Extra Curricular Activities अन्तर्गत आगामी कार्यक्रम यहि मिति २०७७ कार्तिक २८ गते शुक्रबार विभिन्न ६ विधामा विद्यार्थीहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा Vocal, Guitar, Video Editing, Graphic Designing, English Language & R.J-V.J Training दिने कार्यक्रम रहेको विनायक सिद्ध कलेज प्रशासनले जनाएको छ ।