काशीराज वली (चरिकोट) - आज अन्तर्राष्ट्रिय रेडियोग्राफि दिवस हो।सन १८९५ मा प्रथम पटक विल्हेल्म रोन्टजनले नोभेम्बर ८ आजकै दिन एक्सरे पत्ता लगाएका थिए। चिकित्सा बिज्ञानमा आज नोभेम्बर ८ का दिन औपचारिक रुपमा अन्तर्राष्ट्रिय रिडियोलोजी दिवस मनाउने गरिन्छ।
के हो रेडियोलोजी?
विकिरणको प्रयोगद्वारा शरिरका विभिन्न अंगहरुको जानकारी पाउन सकिने प्राबिधियुक्त तरिका हो।जुन एक्सरेको माध्यमबाट गरिन्छ भने चिकित्सा बिधामा यो प्रबिधिले उपचारमा सहज बाताबरण निर्माण गरेको छ।
रेडियोलोजी अन्तर्गत के के पर्दछन?
रेडियोलोजी अन्तर्गत विकिरणयुक्त एक्सरे,फ्लोरोस्कोपी, म्यामोग्राम,सिटिस्क्यान,तथा बिकिरण रहित अल्ट्रासाउन्ड र एम आर आई लगाएतका प्रबिधी हरु पर्दछन।थोरै समयमा शरीर भित्रका विभिन्न अंगहरुको जानकारी दिनु नै रेडियोलोजीको मुख्य काम तथा धर्म हो।
एक्स रे- एक्सरे बिकरणको प्रयोग गरेर शरिरका विभिन्न भागको श्यामश्वेत चित्र तयार पारिन्छ।शरिरका हड्डी भाचिएको वा नभाचिएको जानकारी लिन तथा फोक्सो सम्बन्धि जानकारी लिन एक्स रे को प्रयोग गरिन्छ।एक्स रे ले छेड्न नसक्ने बेरियम जस्ता कन्ट्रास्टको प्रयोग गरेर आन्द्रा,पेट लगाएतका घाउ र क्यान्सर समेत हेर्न सकिन्छ।
सर्ब प्रथम सन १८९६ मा पहिलो एक्स रे william corned Roentgen को स्वास्नीको हातको गरिएको थियो। यस बर्ष ISRRT(international society of Radiographers and Radiological technologists) अनुसार "Elevating patient care with artificial intelligence , radiographers are essential in elevating patient care" भन्ने नारा रहेको छ।
नेपालमा रेडियो ग्राफर जनशक्ति उत्पादन तिब्र रुपमा भएतापनी नेपालका काठमाण्डौ लगाएत विभिन्न ठुला ठुला अस्पतालहरुमा समेत non certificate मान्छे बाट काम गराउने गरेको देखिन्छ भने जस्ले गर्दा गुणस्तर ह्रास आएको पाईन्छ।त्यसैगरी देशका दुर्गम क्षेत्र अन्तर्गतका दुर दराजमा प्रयाप्त रुपमा शिक्षा तथा तालिम नलिएका असक्षम ब्यक्तिहरुबाट काम लिदा जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुको सट्टा अनावश्यक झन्झट र पैसाको खर्च गर्नु परेको छ।
नेपाल सरकारले रेडियोग्राफरहरुका लागि उचित तलब सेवा सुबिधा दरबन्दी लगाएत जोखिम भत्ताको उपयुक्त ब्यबस्थापन गर्न नसक्दा उनिहरुको मनोबल उच्च हुन नसकेको देखिन्छ।प्राईभेट रुपमा खोलिएका विभिन्न अस्पतालहरुले राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्ने प्रबृत्ति हाबी हुदा वास्तविक तालिम प्राप्त जनशक्ती मारमा परेको देखिन्छ।