मुग्लानी खबर 12 सेप्टेम्बर 2017-मंगलबार स्लामिकहरुको महान पर्ब बक्रीइदको शुभ-अवसरमा कतारको अलखोर स्थित बारुवा कम्प्लेकस मैदानमा नेपालीहरुमाझ ३२ टिमको सहभागी खेल सौहाद्रापूर्ण ढंगमा सम्पन्न भएको छ। सामन्यता ६० भन्दा बढी फुटबल खेलको प्रतियोगिता खेलाइसकेका ट्राग्स युथ ग्रुपले यसरी बृहतढङ्गले यो दोश्रो चोटी आयोजना गरेका हुन।
सन्ध्या ग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याख्थुम्बाको प्रमुख आथितियमा खेल भब्यताको साथ उद्घाघाटन गरिएको थियो भने खेल समापन तथा फाइनल खेलसंगै पुरस्कार वितरण समारोह नेपाल प्रवासी तामाङ् समाज कतारका प्रमुख सलाहाकार एबम सन्ध्या ग्रुपका प्रमुख सल्लाहकार थर्चा लामाको प्रमुख आतिथियमा भएको थियो त्यसैगरी सभापतित्व ट्राग्स युथ ग्रुपका अध्यक्ष प्रविन घिमिरेको रहेको थियो। अगिलो शुकबार साझ ६:०० बजे शुरुभई लगातार ४ दिन खेलाई फाइनालाका लागी दुई टिम राखी गत: शुक्रबार साँझ भब्यताको साथ फाइनल खेल खेलाएको थियो। कतारको दोहाबाट बिभिन्न संघसस्थाहरुबाट आएका अतिथिहरुको बाक्लो उपस्थिती रहेको उक्त औपचारिक स्वागतमा रहेका राष्ट्रिय पोशाक र झण्डा सहित सजिएका र अतिथिहरुको लाम्बड्द आनोरिङ्ले साचै खेलको आयोजनाको सोभा बिदेशी भूमिमा राष्ट्रिय गौरब झल्किएको थियो।
कार्यक्रममा राष्ट्रिय गानबाट शुरु गरिएको शुरुवातलाई कार्यक्रममा प्रमुख अतिथि,सभापति र बिशेष अतिथिहरुबाट दियो बत्ती बाली उद्घाघाटन गरिएको थियो भने अतिथि तथा उपस्थित सम्पूर्णलाई सस्थाका सचिब मिन थापाले स्वागत मन्तब्य राखेका थिए। ४८ डिग्रीभन्दा गर्मीको राप-तापलाई पनि बेवास्ता गर्दै मैदान भरीभरौ दर्शकहरु माझ खेलको औपचारिक कार्यक्रम राष्ट्रिय काराते खेलाड़ी रोशन तामाङ्को डिजाइनमा राष्ट्रियताको तामझाम सहित सबैमा स्वदेशमै रहेझै खेलको बास्ताविकता दर्शकहरुले प्रत्यक्ष प्रत्याभूत गरेका थिए भने दर्शकहरुको स्वतस्फुर्त उत्साहा देख्दा फुटबलको खेल नेपालीहरुका लागि लोकप्रिय खेल हो भन्ने यथार्थता देखाएको थियो।दर्शकहरु खेल प्रति मौनता र उत्साह नियाल्दा कशैले अपशब्द र नचाहिदा हुल्हुज्जद कहि देखि दैनाथियो आयोजकको अत्यन्तै सफल ब्यबस्थापन देखिन्थियो।फाइनल खेलको प्रतिशपर्दी टिम (रेड्को बोइज(ए)VS के.वाई.सी) बीच साँझ ७:०० बजेबाट खेलसुरु भएको थियो।
खेलको मध्यान्तरसम्ममा दुवै टिम बराबरीको अब्स्था रहेको थियो। मुग्लानी खबर अनलाइन मिडियाले प्रत्यक्ष प्रसारण गरेको उक्त कार्यक्रममा सोहि दिन यो बर्षको उत्कृष्ट ओ.एस.एवार्ड विजयी ख्याति प्राप्त राष्ट्रिय लोकदोहोरी गायिका देविका के.सीले खेल मध्यान्तरमा आफ्नो गीत गाएर दर्शकहरु माझ भरपुर मनोरज्जन दिएकी थिइन् भने सन्ध्या ग्रुप सांस्कृतिक विभागका कलाकारहरु राज गुरुङ र सन्जीब खातीले सेलो गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा कतारमा श्रमको लागी आए पनि बैकल्पिक समयमा सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याने महिला रेखा राई कतारको एक बिशुद्द महिला सामजकी संस्थापक अध्यक्ष र पुरुषतर्फ सन्ध्या ग्रुपका संस्थापक अध्यक्ष सुरज तामाङ्लाई आयोजकले समाजमा उहाहरुले पुराएको योगदानको कदरगर्दै,कदर स्वरूप उच्च साम्मान गरिएको थियो।जसलाई दर्शक र खेलाडीहरुले गडगडाहट तालीले उत्प्रेर्ण मुलक सम्मानित दुबैजनालाई हौसला बढाई दिएका थिए।
त्यसै सम्मानित रेखा राईले आफुलाई यस्तो बृहत खेल समारोहमा सम्मान गरेकोमा आवर ब्याक्त गर्दै अर्का सम्मानित शुरज तामाङ्लाइ पनि एकसाथ सम्मान गरेकोमा सारै खु:सी लागेको बाताएका थिए सुरज तामाङ्को प्रसङ्सा गर्दै तामाङ् बिगतमा आफ्नो कार्यकालमा ब्यादर देखि सस्थाको मुख पत्र नारीको संदेश नामक पत्रिकाको अंकहरुमा आबरण बनाउन योगदान दिएको सबैमा स्मरण गराएका थिए भने आयोजकले भब्यताको साथ् आयोजना गरेको फुटबल खेल बारे कतारमा रहेको खेलहरुमा सबैभन्दा स्तरीय र गौरबशाली रहेको र आउदो दिनहरुमा खेल खेलौदा नेपालबाट फुटबल खेल सम्बंदित ब्याक्तित्व निमन्त्रणा गरी आयोजना गर्न सुझाब दिए भने यस्तो खेललाई नेपालसम्म पुर्याउन मिडियाहरु प्रती अनुरोध गरेकि थिइन।
मन्तब्यको क्रममा पत्रकार तिलविक्रम थेबेले खेल आयोजक प्रति कतारको हकमा अत्यन्तै सफल भएकोमा बधाई दिनु भएको थिए। बिशेष अथिती बिरेन्द्र कुमार याख्थुम्बाले यती धेरै सहज र सार्थकढंगमा खेल खेलाउँन सफल हुनुमा आयोजक सम्पूर्ण टिममा एकजुट हुनु र खेल खेल्ने खेलाडी तथा खेलप्रेमी दर्शकहरुको सकारात्मक समर्थन र माया अनी शुरुदेखि नै एम्पायरहरुको कुशल क्ष्यमताको नतिजा रहेको भन्दै खेल आकर्षक ढंगमा सफल रहेको बताएको थिए भने बिजेता उपबिजेता सबै खेलाडी र टिमहरुलाई बधाई दिएका थिए।
प्रमुख अतिथि थर्चा लामाले बोल्ने क्रममा खेल कुनै घटना रहित आयोजकले सम्पन्न गरेको र समाजमा राम्रो कामगर्ने ब्यक्तीहरुलाई सम्मान गरेकोमा खुसिब्यक्ता गर्दै खेल बिजेता उपबिजेता सबैलाई धन्यबाद दिएका थिए। त्यस्तै पुरस्कार बितरणमा सभापति,प्रमुख अतिथि,बिशेष अतिथि र आयोजकहरु क्रमश:सुर्य गुरुङ,राजन पोख्रेल,मिन थापा,ज्ञानन ब.कार्की,युवराज थापा र बसन्त थापाबाट बितरण गरिएको थियो। पुरस्कार निम्नानुसार क्रमश: प्रथम बिजयतालाई:
नगद करि. १५००/ सिल,मेडल र प्रमाण-पत्र, दितीय उपबिजेतालाई:
करि.१००० सिल,मेडल र प्रमाण-पत्र एवम प्रकारले उत्कृष्ट खेलाडीहरुमा :
सर्बाधिक गोल (ट्राग्श युथ-ग्रुप)सुमन गुरुङ्लाई,
उत्कृष्ट गोल-किप्पर (क्यु कोन-A) चित्र मगर,
सर्बोकृष्ट खेलाडी (के-वा.इ.सी)बिष्णु राई,
उकृष्ट टिम कप्तान (रेड्को ब्वाइज-A) मोहन गुरुङ् सबैलाई ट्रफी,मेडल र प्रमाण-पत्र बितरण गरिएको थियो। त्यस्तै: भाग्यसाली चिठा पनि उडाएको थिए।जसमा क्रमश: पहिलो पुरस्कार
“५, ग्राम सुन” सुशन मगरलाई, दोश्रो पुरस्कार
साम्शुङ् मोबाइल बिनोदलाई र तेश्रो पुरस्कार
हाते घडी सकुनलाई परेको थियो।चिट्ठा बितरण संगै कार्यक्रमको अन्त्यमा सभापती प्रविन घिमिरेले कार्यक्रम सहयोगी सम्पूर्णलाई धन्याबाद दिदै आगामी दिनहरुमा फेरी पनि सबैको साथ् पाए यसरीनै खेलहरु आयोजाना गर्ने भन्दै कार्यक्रम समापन गरेका थिए। खेलको संचालक तथा खेलको उद्घोषक रोशन तामाङ् र नगेन्द्र बिक्रम पोर्टेलले गरेका थिए।
एम्पायरहरु क्रमश: जेरी राई,हर्क बस्नेत,होम श्रेष्ठ र बिष्णु के.सी रहेका थिए। सहयोगी सिल स्पोन्सरमा बिष्णु के.सी र मदान सुबेदीले पनि गरेका थिए।
तस्विरहरु .......