कोरोना संक्रमण पुष्टि भए पश्चात् होम क्वारेन्टाइनमा रहेका चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य अबस्था गम्भीर भए पश्चात् थप उपचारका लागि बलम्बु स्थित शसस्त्र प्रहरीको अस्पतालमा भर्ना गरि आईसियुमा उपचार भैइरहेको छ ।
कलाकार गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भैई उपचारमा रहेको खबरले उनकी पुर्ब पत्नी मिना ढकाल बिछिप्त भएको साथै आफुले बिसौ बर्ष तिजमा निराहार व्रत बसेर दिर्घायुको कामना गरेकोले हरेस नखान आग्रह गरेकी छिन।त्यसैगरी उनले छिटै रिकभरी भैई घर फर्केको हेर्न चाहाना भएको बताउदै प्रेमको निसानी दुई छोराछोरी भएकोले आफुले उत्तिकै माया र सम्मान गर्ने बताएकी छिन।
उनले केही मिनेट अघि मात्र आफ्नो फेसबुक मार्फत पुन: अर्को स्टाटस जारी गर्दै कलाकार गजुरेलको स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुक प्रती आभारी प्रकट गर्दै उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भैइरहेकोले चिन्ता नलिन आग्रह समेत गरेकी छिन।
गजुरेलकि पुर्ब धर्मपत्नी मिना ढकालले लेखेका मन छुने स्टाटसहरु जस्ताको तस्तै:
जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।
तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।
भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।
म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन-म यो रियलाईज गरिरहेछु ।
मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन..। तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ-हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !
-उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!
🌹हाम्रा शुभेच्छुक मित्रहरु प्रति सधैब आभारि छु🙏 मनोजजि को स्वास्थको बारेमा धेरै चिन्तित नहुन विनम्र आग्रह गर्दै वहाको स्वास्थमा क्रमिक सुधार भइरहेको जान्कारी मैले पाइरहेको छु र यहाँ हरुलाइ पनि जान्करी गराउदै तपाईंका कल मेसेज को जवाफ दिन नसकेको क्षमा प्रार्थी छु🙏
up