मुग्लानी खबर
४ सेप्टेम्बर २०१७-सोमबार
कतारको अलखोर पछिल्लो समय कतारमा कार्यरत नेपाली तथा अन्य श्रमिकहरुका लागी खेलकुदको एउटा गतिलो स्थलको रुपमा मानिदै आएको छ। विभिन्न यहाका चाड र सार्बजनिक बिदाको अवसर पारेर गरिने खेलकुद कार्यक्रमकै क्रममा यसपाली पनि इस्लामहरुको दोस्रो महान चाड बक्रीइदको शुभ अवसर पारेर अलखोर स्थित बरुवा स्पोटर्स कम्पलेक्सको खेल मैदानमा अलमिस्नाद कम्पनीका युवाहरुको आयोजना तथा थिराज खनालको संयोजकत्वमा गत: शुक्रबार बेलुका १० बजे देखि भलिबल ट्रनामेन्टको उद्घाटन गर्दै खेल शुरु गरिएको थियो।
आयोजकका अनुसार जम्मा १६ टिम सहभागी रहेको उक्त सबै खेल नक-आउटको आधारमा खेलाइएको थियो भने फाईनल खेल बेस्ट अफ फाइभको आधारमा हिजो आइतबार बेलुका १० बजे खेलको सम्पुर्ण अवधीभर केही गर्मी रहेपनी अत्यन्तै सौहार्द्पुर्ण बाताबरणमा खेलाइएको थियो।उक्त खेलको घम्साघम्सी प्रतिस्पर्धा पछी स्याङ्जा सेवा समाज प्रथम र म्याग्दी पुन क्लब टिम द्वितीय नतिजा हात पार्न सफल भएका छन।
फाइनल खेलको अन्तिम नतिजा पछी पुरस्कार वितरणको क्रममा खेल सयोजक थिरराज खनाल, प्रमुख अथिती सन्ध्या ग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याख्थुम्बा र आयोजक बिशेष ब्यक्तित्व बिष्णु केसीद्वारा खेलाडीहरु प्रथम बिजेता हुने स्याङ्जा सेवा समाजका टिम क्याप्टेन निरज गुरुङका साथ खेलाडीहरुलाई नगद नेपाली रु.५० हजार् ४००,सिल मेडल र कदर-पत्रले सम्मान गरिएको थियो भने उप बिजेता म्याग्दी पुन क्लबका टिम क्याप्टेन बिजय पुन लगायत खेलाडीहरुलाई नेरु. ३० हजार, मेडल र प्रमाण-पत्रले सम्मान गरिएको थियो।
खेल अवधीभर उत्कृष्ट खेल खेलेर दर्शकको मन जित्न सफल उत्कृष्ट खेलाड़ी: पवन गुरुङ् (OPD कम्पनीका टिम) लाई बिशेष ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो त्यसैगरी अनुसाशित खेलाडीको छनौटमा: बिजय पुन( म्याग्दी पुन क्लब ) कुशल र निस्पक्ष एम्पायारको भूमिका निर्बाह गर्ने एम्पायर रिम थापा र खुम बहादुर गुरुङ्लाइ पनी मेडेल र प्रमाण-पत्र प्रदान गरिएको थियो । खेलको अन्त्यमा: पुरस्कार वितरण समारोहका प्रमुख अथिती बिरेन्द्र कुमार याख्थुम्बाले खेलको आवस्यकता र रास्ट्रीय महत्वलाई प्रष्ट पार्दै सम्पुर्ण आयोजक टीमलाई धन्यवाद दिएका थिए भने खेलका बिशेष व्यक्तिव बिष्णु केसीले मिस्नाद कम्पनीका साथीहरु सबै जुटेर यो खेल सफल बनाएको मा धन्यबाद दिदै यसरी नै एकता र सबैको हातमा हात साथमा साथ पाए आगामी खेल अझै ससक्त र सन्दर्भिक ढंगले खेलाउन सकिने बताउनु भयो।
अन्त्यमा पुरस्कार वितरण समारोहका संयोजक थिरराज खनालले उक्त भलिबल खेललाई सफल पार्न सहयोगी स्पोन्सरहरु खेमराज दाहाल, टिका अधिकारी, दुर्गा खतिवडा, मिनबहादुर शाही, विजय बस्नेत, तिलबहादुर बुढाथोकी, बिश्वास जंग कुवर, दलबहादुर बुढाथोकी, छबी तिवारी र मोहित मल्ल साथै एम्पायर स्वयम सेवक, सम्पुर्ण मिस्नाद कम्पनीका सहयोगी साथीहरु लगाएत आयोजक टीमलाई धन्यबाद दिदै कार्यक्रमको समापन भएको घोषणा गरेका थिए।औपचारिक रुपमा कार्यक्रम तेज बहादुर बुढाथोकीले संचालन गरेका थिए।